रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोटसहित सर्लाहीका दुईजना युवकलाई पक्राउ परेका छन्। एक हजार दरको १३ थान नक्कली नोटसहित सर्लाहीको गोडैता नगरपालिका ८ का ३२ वर्षीय नजरे आलम र २४ वर्षीय इमामुल हक दर्जीलाई पक्राउ गरेको हो।

नक्कली नोटको ओसार पसार भईरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट गएको टोलीले गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत बालचनपुर चौक स्थित राकुमार महतोको महावीर आयल स्टोर्स पेट्रोल पम्प अगाडिबाट बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई गएराती पक्राउ जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी एलिजा गिरीले जानकारी दिए।

खान तलासीको क्रममा ईमामुल हक दर्जीले मोटरसाईकलको सीट कौभर मुनी लुकाइराखेको उक्त नक्कली नोट प्रहरीले बरामद गरेको थियो।

आरोपी दुवैजना ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको तथा नक्कली नोट बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

santi nikunja