सिरहा, ७ साउन। सिरहामा आफ्नै छिमेकीको हत्या अभियोगका फरार प्रतिवादी दुई महिनापछि पक्राउ परेका छन्। गत जेठ ३ गते विहान अर्नमा गाउँपालिका २ ब्रहमपुरीस्थित मैनावत्ती खोलाको चौरमा स्थानीय ५३ वर्षिय बुधराम महतोको हत्या अभियोगमा सोही ठाउँका ५२ वर्षिय बचाई भन्ने बच्चु महतोलाई पक्राउ गरेका हुन्।

SHREEJANA

उनलाई सिरहाकै औरही गाउँपालिका १ दरहैयास्थित नेपाल भारत सीमाक्षेत्रबाट शनिवार अपरान्ह पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

नेपाल भारत सीमाक्षेत्रमा लुकीछिपी बसिरहेको छ भन्ने सूचनाको आधारमा बच्चाईलाई आफ्नै कमाण्डमा खटिएको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए।

पक्राउ परेका महतोलाई जिल्ला अदालत सिरहाबाट तीन दिनको म्याद थप गरी आवशयक अनुसन्धान गरिरहेको जनाएको छ।

गत जेठ ३ गते विहान खेतको सीमा विवादका क्रममा बाचाई महतोको कोदालो प्रहारबाट बुधराम महतोको घटनास्थलमै मृत्यु भएको थियो। घनापछि बचाई फरार रहेको थियो।