सिरहा, १६ असार। लघुवित्त तथा वितिय शोषण विरुद्धको संघर्ष समिती सिरहाले गोलबजारमा मशाल जुलुश प्रदर्शन गरेका छन्। ऋण मिनहासहित विभिन्न माग गर्दे आज गोलबजारको मशाल बालेर बिरोध प्रदर्शन गरेको हो।

नव समान्तिको रुपमा स्थापित लघुवित्तिय संस्था खारेज गर, सामुहिक ऋण मिनहा गर, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यक्ता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर, जनपक्षिय मौद्रिक नीति कायम गर, धितो तथा कालो सुची फुकुवा गर, लघुवित्तिय तथा वित्तिय शोषणका पीडितलाई मुआब्जाको व्यवस्था गर, प्रत्यक्ष निर्वाचित रास्ट्र प्रमुखको व्यवस्था गर्न लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिती सिरहाले नेपाल सरकारसंग माँग गरेको छ।

हाम्रो माग तत्काल पूरा नभए हामी कडा आन्दोलन गर्ने लघुवित्तिय तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिती सिरहाले सरकारलाई चेतावनी समेत दिएका छ।

santi nikunja