सिरहा, ३१ जेठ। जिल्ला प्रहरी कार्यलय सिरहामा कार्यरत एक महिला प्रहरी जवान शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार आज अपरान्ह दुई बजेपछि कार्यालयकै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो।

अपरान्ह साथीहरुसँगै खाजा खाईसकेपछि शौचालय छिरेका सुनुवार धेरै वेर ननिस्केपछि शौच लागेका अर्का साथी गएर बोलाउँदा ढोका नखुलेपछि हल्ला खल्ला मच्चिएपछि भेला भएर हेर्दा सावरमा सलको पासो लागेको अवस्थामा देखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए।

एसपी पण्डितले भने, ‘अपरान्ह साथीहरुसँगै बसेर खाजा खाएको रहेछ। खाजा खाएर शौचालय पसेकी उनी धेरै वेर ननिस्केपछि अर्का साथी शौच गर्न जाँदा भित्रबाट चुकुल लागेको रहेछ। ढोका ढकढक्याउँदा र बोलाउँदा पनि नबेलेपछि हल्ला खल्ला भएर साथीभाई जम्मा भएर हेर्दा भुण्डिएको अवस्थामा देखियो।’

शव अझै शौचालयभित्र रहेको छ। उनको आफन्तलाई खवर गरिएको छ। आफन्त आएपछि प्रकृया पुर्याएर निकानि प्रहरीको भनाई।

स्रोतका अनुसार घटना शंकास्पद रहेको छ। घटनापछि जिल्ला प्रहरी कार्यालयमा पत्रकारलाई रोक्नुले पनि घटनाप्रति थप शंका उत्पन्न भएको छ।

सोही समाचार संकलनकालागि पुगेका प्रत्रकारमाथि दुरव्यवहार गरेको पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादवले बताएको छ।