पर्साको नेपाल भारत सीमा नजिकै गाडिएको अवस्थामा दुईवटा शव भेटीयो

    • जेठ २९, २०८१
    • १८३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगन्ज, २९ जेठ। पर्साको भारतीय सीमाक्षेत्र जगरनाथपुरमा गाडिएको अवस्थामा दुईवटा शव भेटिएको छ। जगरनाथपुर गाउँपालिका १ विसनपुरुवाबाट भारतको नगरदाहतर्फ जाने बाटोको ओरिया खोला नजिकै नेपाल भारत सीमा दशगजाको ४२१र५ नम्बरको सीमास्तम्भ नजिकै दुईवटा शव गाडिएको अवस्थामा फेला परेको हो।

    सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा शव गाडेको स्थानमा देखेका दिए। स्यालले खोतलेको देखेपछि नजीकै गएर हेर्दा शव देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ।

    घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट पुगेका प्रहरी टोलीले शव खनेर निकालेको छ। निकालिएको शव अन्दाजी ३५ बर्षको युवाको रहेको प्रहरीको भनाई छ।

    अर्को शव भने खन्न बाँकी रहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट पनि अनुसन्धान अधिकृतहरुको टोली सहित घटनास्थलमा गईरहेको र पुगेपछि गाडिएको अवस्थामा रहेको शव निकाल्ने इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाले बताए।

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल