सिरहा, २० जेठ। सिरहाको गोलबजार नगरपालिका १५ महिना मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको पहिलो सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्ने पहिलो पालिका बनेको छ। आफ्नो पालिकाभित्र १५ महिनाभित्रका ९९ प्रतिशत बाल बालिकाले लाउनुपर्ने सम्पूर्ण खोप समयमै लगाएको भन्दै आईतबार एक समारोहविच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै पूर्ण खोप सुनिश्चतता तथा दिगोपना नगर घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिवसमेत रहेका स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए।

उनले गोलबजार नगरपालिकाले सवै इण्डिकेटरहरु पुरा गर्दै आफ्नो पालिकालाई जिल्लामै पहिलो पालिकाको रुपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गर्न सफल भएकोमा शुभकामना व्यक्त गरे।

प्रमुख यादवले भने, ‘जनप्रतिनिधी, स्वास्थ्यकर्र्मी र सवैभन्दा महन्वपूर्ण भूमिकामा रहनुभएको स्वास्थ्य स्वयम्सेवकको अहोरात्रको प्रयासबाट ‘पूर्ण खोप पाएको पहिलो सुनिश्चितता तथा दिगोपना पालिका घोषणा’ गर्न सफल भएको हो। सवैलाई फेरीपनि धन्यवाद छ।’

प्रमुख अतिथी जिल्ला समन्वय समितिका उपाध्या दिलिप कुमार लामाले जिल्लामै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ ले नगरको इज्जत बढाएको भन्दै यसका लाग्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी र जनप्रतिनीधलाई बधाई दिए।

शुभकामना मन्तव्यकै क्रममा उपाध्यक्ष लामाले कार्यक्रम तोकिएको समयभन्दा करिव २ घण्टापछिमात्र सुरुभएको प्रति आक्रेश व्यक्त गरे। समयको महत्व नबुझेकै कारण हामी पछाडी परेको बताउँदै उनले भने, ‘हामी २१ औं त्ताब्दीमा छौं, तरपनि हामीले समयको महत्व बुझ्न सकेका छैनौं। आफै आयोजक भएर समयमा उपस्थित नहुनु शुभसङ्केत होइन।’
नगर खोप समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख श्यामकुमार श्रेष्ठ कार्यक्रमको तोकिएको समयभन्दा करिव २ घण्टा ढिलो उपस्थित भएको थियो। श्रेष्ठकै अध्यक्षताका कार्यक्रम सम्पन्न भएको थियो।

‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ कायक्रममा गोलबजार स्वास्थ्यशाखा प्रमुख सरोज कुमार कर्णले पालिकाले प्रत्यक महिनाको २२ देखि २६ गते सम्म खोप सेवा उपलब्ध गराउँदै आएको बताए। उनले तोकिएको दिन विदै भएपनि खोप सेवाभने नरोकिने बताए। प्रमुख कर्णका अनुसार पालिकाका १३ वडाको ६५ खोपकेन्द्रबाट नियमित खोप सञ्चालन हुँदै आएको जानकारी दिए।

उनले ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ पहिला घर घरमा गएर खोप लगाए नलगाएको शुनिश्चितता गरिएको बताए। त्यस क्रममा १६ महिलना देखि पाँच वर्ष मुनिका तीन सय ३६ खोप नलगाएको बालबालिकाहरु फेला परेको र तीसमध्ये एक सय २१ जनालाई खोप लाउने काम पनि भएको जानकारी दिए।

उनले सम्पूर्ण जनप्रतिनिधी र स्वास्थ्य कर्मीको प्रयासमा आजको दिनसमम पुग्न सफल भएको बताए।

‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट प्रवक्तासमेत रहेका वडा नम्वर ६ का अध्यक्ष संजित लामा, स्वस्थ्य चौकी प्रमुखहरुको तर्फबाट शत्रुधन साहलगाएतले मन्तव्य व्यक्त गरेका थिए।
नगर प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका पवन पञ्जियारले गरेका थिए।

आजै जिल्ला खोप समन्वय समितिको सचिवालयले नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाण पत्र प्रदान गरेको छ।