सिरहा, १८ जेठ। अत्यधिक गर्मीका कारण बाल बालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई ख्यालगर्दै सिरहाको कर्जन्हा नगरपालिकाले पाँच दिनको लागि विद्यालय बिदा दिएको छ। चर्को घाम, तातो हावा र उच्च तापक्रमले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै विहिवारदेखि लागुहुनेगरी २१ गते सोमबारसम्म पाँच दिनको लागि विदा दिएको हो।
कर्जन्हा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गरी अध्यधिक गर्मिको कारण बाल बालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै १७ देखि २१ ग्तेसम्म पाँच दिनको लागि विदा दिएको छ।
शिक्षा शाखा प्रमुख राम भरोस यादवद्वारा जारी सूचनामा वर्षे विदाबाट कट्टाहुनेगरी यस नगरपालिका अन्तर्गतका सवै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा प्रशासकिन कार्यबाहेक पठन पाठनको काम बन्द हरने उल्लेख गरेको छ।