स्वास्थ्यमन्त्रीमा नियुक्त जसपा नेता प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ

    • वैशाख ३१, २०८१
    • २११ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ३१ बैशाख। स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए।

    जसपा नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट यादव मन्त्री नियुक्त भएका हुन्। जसपाबाट वनमन्त्रीमा नवल किशोर साह सुडी रहेका छन्।

    यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका उपेन्द्र यादवले आजै राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

    जसपाले रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेपनि खानलाई मात्र राज्यमन्त्रीमा नियुक्ति गरिएको छ।
    न्यूज कारखाना।

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल