उदयपुर, २ बैशाख। उदयपुर प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। उदयपुरको बेलका नगरपालिका ९ का ३८ वर्षीय सन्तोष कुमार माझीलाई बुधबार राति किशोरीलाई जवरजस्ती गरनी गरेको उजुरीको आधारमा शनिबार प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उजुरीको आधारमा पक्राउ गरेको जनाएको छ। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।