नगर र शिक्षकबीच सहमतिपछि आन्दोलन स्थगित

    • चैत्र ४, २०८०
    • १२९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सञ्जय मिश्रा

    रौतहट ४ चैत। रौतहटको फतुवा विजयपुर नगरपालिका र आन्दोलनरत शिक्षकबीच दुई पक्षीय सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ। फागु पूर्णिमा अगाडी नै तलभत्ता उपलव्ध गराउने सहमति भएपछि फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरुले धर्ना स्थगित गरेका हुन्।

    नेपाली कांग्रेस जिल्ला सभापति तथा रौतहट निर्वाचन क्षेत्र ३ ख का प्रदेश सांसद सुनिल यादव (जितेन्द्र) को पहलमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र आन्दोलनरत शिक्षकको बीचमा होली पर्वअगावै सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको तलब उपलब्ध गराउने शुक्रबार साँझ सहमति भएको शिक्षक संघका नगर अध्यक्ष राधेश्याम यादवले बताएका छन्।

    सोहीसहमतिको आधारमा फतुवा बिजयपुर नगरक्षेत्रअन्तर्गतको ३२ वटै विद्यालयमा कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा आइतबार एकदिन स्थगित गरिएको माबि विजयपुरको प्रधानाध्यापक शंकर राय यादवले जानकारी दिएका छन्।

    भोलि सोमबारदेखि सम्पूर्ण विद्यालयमा परीक्षा सञ्चालन गर्ने र छुटेका विषयको अन्तिममा परीक्षा लिने सहमति भएको उनले बताए। फतुवा विजयपुर नगरक्षेत्रअन्तर्गतका ३२ विद्यालयका शिक्षा, कर्मचारी र अन्य क्षेत्रका कर्मचारी गरी ३५० जनाले गत साउनदेखि हालसम्म तलब नपाएको कारण गत बुधबारदेखि नगरपालिकाअगाडि धर्नामा बस्दै आएका थिए।

    फतुवा बिजयपुरका निर्वाचित मेयर नेपाली कांग्रेसका गोपाल राय यादव नदीको टेन्डरमा दोषी ठहर भएर विशेष अदालतबाट दण्ड सजायको फैसला भएपछि उनको पद जाँदा कांग्रेसकै निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहक मेयर बनेकी थिइन्।

    उनले कार्यवाहकको जिम्मेवारी पाएपछि कांग्रेसकै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुसँग पटकपटक विवाद भएर गत असार १० गतेभित्र हुनुपर्ने नगरसभा ५ महिना ढिलो भएको कारण नगरको सम्पूर्ण आर्थिक कारोबार बन्द भएको छ।

    कार्यवाहक मेयर खातुन र उपसचिव प्रधानको सक्रियतामा सामाजिक सुरक्षाभत्ता वितरण भए पनि कर्मचारी तथा शिक्षकले हालसम्म तलब पाउन सकेका छैनन्।

    लगातार ९ महिनादेखि तलब पाउन नसकेका शिक्षक कर्मचारी होली पर्व कसरी मनाउने भनेर ठूलो चिन्ता भएको बताइरहेका छन्। फतुवा बिजयपुर नगरपालिका स्थापित भएदेखि नै शिक्षक कर्मचारी तलब पाउनकै लागि बर्सेनि आन्दोलन गर्नुपर्ने बाध्यता रहेको छ।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल