शिक्षालाई थप उन्नत र प्रविधियुक्त बनाउन स्थानीय स्रोत साधनको प्रयोग जरुरी छ : राष्ट्रपति पौडेल

    • चैत्र ३, २०८०
    • १८४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, ३ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र होइन चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार भएकाले शिक्षा विकासमा सवैको साझेदारी आवश्यक रहेको बताएका छन्। सिरहाको लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालय मटियर्वाको हीरक जयन्तीको उद्घाटन समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षाजस्तो महत्वपूर्ण कार्यको विकासमा सवैको सहयोग र सहकार्य आवश्यक रहेको बताएका हुन्।

    ‘सरकारको नीति, बजेट र योजना समय अनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ। शिक्षालाई थप उन्नत र प्रविधियुक्त बनाउन स्थानीय स्रोत साधनको प्रयोगपनि उत्तिकै जरुरी छ; उनले भने।

    उनले रोजगारी र शिक्षाको लागि सहर पस्ने र सहर हुँदै विदेश भासिने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै विद्यालय तहमा सहज, सरल र सर्वसुलभ ढङ्गले गुणस्तरीय, प्रविधिमैत्रि शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान केन्द्रित हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए।

    खासगरी वर्तमान विश्वपरिवेशको माँग अनुरुपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त, प्रतिस्पर्धी, गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तरअनुरुपको शिक्षा प्रदान गर्नेतर्फ हाम्रो उपलब्ध शक्ति र सामर्थ्यको प्रयोग गर्न पनि राष्ट्रपति पौडेलले आग्रह गरे। उनले भने, ‘यहाँका विद्यालयले यसतर्फ स्थानीय निकाय र सरोकारवालालाई आकर्षित गरी युग सुहाउँदो शिक्षा बालबालिकालाई प्रदान गर्न अझै मेहनत र क्रियाशीलता देखाउनुहुने मैले विश्वास लिएको छु।’

    उनले विद्यालय हामी सवैको हो र यसको संरक्षण तथा संवर्धनमा सामूहिक भावना विकास हुनु अपरिहार्य रहेको बताए। राष्ट्रपति पौडेलले विद्यालयप्रति स्थानीय निकाय, अभिभावक र समुदायको अविच्छिन्न अभिभावकत्व र निगरानी अपेक्षित छ, श्रम गर्ने संस्कृतिको सम्मान, रोजगारी, उत्पादन र आर्थिक क्रियाकलापसँगै राष्ट्रिय एकता र अनुशासनको भावना जागृत गर्ने शिक्षालाई प्राथमिकता दिन आवश्यक पाठ्यक्रम र पठनपाठन विधि अपनाउन आग्रह गरे।

    उनले त्यसका लागि तीनै तहको सरकार र सरोकारवालाको सहयोग लिएर आवश्यक उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको विकास गर्न आवश्यक रहेको जिकिर गरे।

    सात दशकभन्दा बढी समयदेखि स्थानीय स्तरमा सहज र सरलरुपले गुणस्तरीय शिक्षा दिएर विद्यालयले यस क्षेत्रको शैक्षिक, आर्थिक, सांस्कृतिक र सामाजिकलगायतका क्षेत्रमा पु¥याएको योगदानको राष्ट्रपति पौडेलले सराहना गरे।

    हिरक जयन्तीको अवसरमा प्रतिनिधीसभा सदस्य तेजुलाल चैधरी, मधेश प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपाने र पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता पदम नारायण चौधरीले शुभकामना व्यक्त गरे। उनीरुले विद्यालयको अझै उत्तरोत्तर प्रगतिकामना गर्दै आफ्नो विद्यालय सयमको वयान गरे। तीनै जना नेताहरु यहि विद्यालयका पूर्वविद्यार्थीहरु र दाता परिवारका सदस्य समेत हुन्।

    समारोहमा विद्यालय स्थापनाका लागि जग्गा तथा आर्थिक सहयोग गर्ने परिवारका सदस्य, पूर्व विद्यार्थीहरु, विद्यालयमा विभिन्न ढङ्गबाट योगदान पुर्याउँदै आएका दुई दर्जनबढी ब्यक्तित्वहरुलाई सम्मान गरेका थिए।

    विद्यालय स्थापनाका लागि योगदान गरेका व्यक्तित्वहरुको नवनिर्मित शालिक अनावरण समेत भएको थियो।

    jaynti upasthit

    इलाम २ मा एमालेका सु ...

    काठमाडौं, १८ बैशाख। इलाम २ बाट नेकपा एमालेका उम्मेदवार ...

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल