केन्द्रीय सदस्य लामा पक्राउप्रति राष्ट्रिय युवा संघको आपत्ति

    • फाल्गुन २४, २०८०
    • २७७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    mirchaiya 5 रौतहट, २४ फागुन। नेकपा एमालेको जनवर्गीय संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई वन कार्यालयले पक्राउ गरेको प्रति युवा संघले घोर आपत्ति जनाएको छ।

    बुधबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा एक सामुदायिक वनको काठलेलामीको टेन्डर फर्म किन्नका लागि पुगेका लामालाई वन कर्मचारीले वनको हिरासतमा राखेका थिए। 

    राष्ट्रिय युवा संघ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै डिभिजन वन कार्यालय रौतहटले गरेको सो कार्यको घोर निन्दा गरेको हो। चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महादेव स्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशव पुलामीले दिएको उजुरीका आधारमा लामालाई डिभिजन वन कार्यालय रौतहटले पक्राउ गरी हिरासतमा राखेको छ। 

    सो सामुदायिक वनमा रहेको २२०० क्युबिक काठ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुलामी र सब वन डिभिजन कार्यालय जुडिबेलाका प्रमुख सुरेश महत्वको मिलेमतोमा गोप्य रूपमा बिक्री वितरण गर्न लागेको थाहा पाएपछि पक्राउ परेका लामाले पनि काठ  किन्न पाउनुपर्ने भन्दै टेन्डर फोरम लिन गएपछि उनलाई सुनियोजित रूपमा फसाइएको युवा संघ नेपालले जनाएको छ। 

    सो सामुदायिक वन छेउमै रहेको राष्ट्रिय वन क्षेत्रमा केही समय पहिला काटिएको काँचा खयरमा लामाको नाम मुसेर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुलामीले डिभिजन वन कार्यालय रौतहटमा उजुरी दिएपछि त्यसैका आधारमा वन कार्यालयले लामालाई पक्राउ गरेको   थियो।

     

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल