समाज विकासको लागि महिला सशक्तीकरण आवश्यक छ : मेयर पोखरेल

    • फाल्गुन २४, २०८०
    • २६६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २४ फागुन। कर्जन्हा नगरपालिकाका मेयर भोला पोखरेलले देश तथा समाज विकासको लागि महिला सशक्तीकरण आवश्यक भएको बताए।

    ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरकृया कार्यक्रमलाई सम्वोधनगर्दै मेयर पोखरेलले समाज विकासमा महिलाको मत्वपूर्ण भूमिका हुने बताउँदै उनीहरुको सशक्तिकरणमा जोड दिनुपर्ने बताएको हो।

    उनले स्थानीय सरकारको नाताले महिला शक्तिकरणमा नगरपालिकाले निरन्तर काम गर्दै आएको बताए। मेयर पोखरेलले नगरपालिकाको प्रदान गर्ने हरेक अवसरहरुमा महिलालाई प्राथमिकताका साथ सहभागी गरेको बताए। मेयर पोखरेलले भने, ‘स्थानीय सरकारबाट सृजित हरेक अवसरहरुमा महिलालाई प्राथमिकता दिंदौ आएका छौं। भविष्यमा पनित्यसले निरन्तरता पाउँछ।’

    नगरपालिकाले विगतका दिनमा महिलाको क्षमता विकासमा विभिन्न योजनाहरु सञ्चालन गरेको बताउँदै यस वर्ष बजेट कटौतिका कारण चाहेजस्तो कार्यक्रम ल्याउन नसकिने बताए। मेयर पोखरेलले भने, ‘विगतमा हामीले पहिला उद्यमशिलता विकासका विभिन्न कार्यक्रमहरु गर्यौं, यो आर्थिक वर्षमा पनि योजनाहरु राखिएको भएपनि ४५ प्रतिशत बजेट कटौंति भएकाले सवै कार्यक्रमहरु गर्न सम्भव छैन, तरपनि यसक्षेत्रमा काम हुन्छ।’

    सोही क्रममा कार्यक्रमको अध्यक्षता समेत गरेका नगरपालिकाका उपमेयर लक्ष्मी कुमारी श्रेष्ठले महिलाको क्षमता विकासमा थप लगानी आवश्यक रहेको बताए। महिलाहरु क्षमताबान भएपनि सवैले यसमान अवसर नपाएकाले संविधानले दिएको ३३ प्रतिशत अधिकार कार्यान्वयनमा नगर प्रतिबद्ध रहेको बताउँदै थप अधिकारको लागि आफू आवज उठाउन तयार रहेको उपमेयर श्रेष्ठले बताए।

    कार्यक्रमका बक्ताहरुले महिला नै महिलाका अवरोधक हो भन्ने भनाईको उपमेयर श्रेष्ठले खण्डन गरे। उनले भने, ‘पुरुषवादी सोचले ग्रसित समाजको विम्व महिलामा देखिएपनि देखिएको हो। महिला कुनै हालतमा महिला विरोधी हुन सक्दैन।’

    सोही क्रममा कर्जन्हा नगरपालिकाका पूर्व उपमेयर ज्ञानु कुमारी श्रेष्ठले अझै पनि महिलाहरु संगठित भएर अधिकारका विषयमा आवाज उठाउनु पर्नेमा जोड दिए।

    शुभकामना मन्तव्यका क्रममा नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालयका प्राचार्य भानुभक्त गौतमले महिला सम्पतीमा सम्मान अधिकार स्थापित नभएसम्म महिलाले मुक्ति नपाउने बताए। प्राचार्य गौगतले महिलाको शिप विकास, आर्थिक उपार्जन र सम्पतिमा हक स्थापीत नहुँदासम्म योस्तो दिवसहरुको खासै अर्थ नरहने बताए।

    कर्जन्हा नगरपालिकाको आयोजना दलित महिला केन्द्र नेपाल(सीडीडब्यूएन) र मुक्ती नेपालसँगको सहकार्यमा सम्पन्न अन्तरकृया कार्यक्रममा वडा नम्वर १ का फडिन्द्र पोखरेल, २ का वडा अध्यक्ष जगर्नाथ यादव, नेकपा एमालेका जिल्ला सदस्य इन्द्रस राउत, सीडीडब्यूएनका जिल्ला कार्यक्रम संयोजक आनन्द पाख्रिन, मुक्ति नेपालका गंगा अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

    सोही क्रममा सहभागीहरुका तर्फबाट सगुन काफ्ले, रञ्जु यादव, रिता साह, हिरा महतो लगायतले गित तथा कविताहरुमार्फत आफ्ना भावना व्यक्त गरेका थिए।
    कार्यक्रममा स्थानीय शैक्षिक संस्थाका छात्र छात्राहरुले महिलाशक्ति झल्ने गीतमा नृत्य प्रस्तुत गरेका थिए।

    bee30dba-461d-4131-9977-fa8777f24163 20141e2d-04ce-4ac5-8937-3b2cd760ba78

     

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल