अवसर पकड्नसक्नेगरी महिलाहरु तयार हुनुपर्छ : गापा अध्यक्ष यादव

    • फाल्गुन २३, २०८०
    • ५११ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २३ फागुन। नरहा गाउँ पलिकाका अध्यक्ष राम प्रमोद यादवले महिलाहरुले विभिन्न ठाउँमा स्थान प्राप्त गरेको भएपनि थप अधिकारको लागि आवाज उठाउनु पर्ने बताए।

    ११४ ओैं अन्तर्राष्ट्रिय नारी दिवशको अवसर पारेर नरहा गाउपालिका र दलित महिला केन्द्र नेपाल (सीडीडब्लुएन) द्वारा आयोजीत अन्तरकृया तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले महिलाहरुले समान अवसरकालागि अझै आवाज उठाउनु पर्ने बताए।

    राष्ट्रपति, प्रधानन्यायधिश जस्ता गरिमामय पदमा महिलाहरु पुगेको बताउँदै आफ्नो अधिकारको लागि महिलाहरुले क्षमता विकास आवश्यकता रहेको अध्यक्ष यादवले बताए। उनले हाम्रो समाज अझै शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य क्षेत्रमा पछाडी परेकाले समग्र विकासमा जोड दिनुपर्ने बताए।

    ‘मानिस सक्षम भए नै अवसर पाउने हो। हामीले आफ्नो अधिकारको खोजीसँगै आफूलाई अवसरको लागि तयारी गर्नु पर्छ; अध्यक्ष यादवले भने।

    यस पटकको नारी दिवसको नारा ‘महिलामा लानी सभ्य र समुन्नत समाजको थालनी’ कै मर्मअनुसार वितकादिनहरुमा जस्तै यो पटकपनि पालिकाले महिलाको क्षमता विकासका कार्यक्रमहरुसमेत समावेश गरीएको जानकारी दिए।

    सोही क्रममा पालिकाले एक सय २० जना एकल महिलाहरुलाई सम्मान स्वरुप कम्पल प्रदान गरेका छन्। पालिकाले महिलाहरुको सम्मानमा महिला दिवसको अवसर पारेर कम्वल प्रदान गरेको बताए।

    गाउँ पालिकाका उपाध्यक्ष गुलावदेवि चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निलम देवी रायले गरेका थिए। कार्यक्रमको सञ्चालन सीडीडब्लुएनका अन्जना पूर्वेले गरेका थिए। कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, सञ्चारकर्मी, प्रहरीको उपस्थिति रहेको थियो।

    naraha4

    ईंटा व्यवसायीको समस् ...

    बर्दिवास, ५ बैशाख। नेकपा एमाले मधेश प्रदेश संसदीय दलका ...

    सहकारीको अवचलन छानवि ...

    काठमाडौं, ५ जेठ। सहकारीको अवचलन छानविनकोलागि सत्तारुढ द ...

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल