प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन, तीन विनाविभागीय मन्त्रीले लिए शप

    • फाल्गुन २१, २०८०
    • ३१३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, २१ फागुन। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

    राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा (एमाले)का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो।

    प्रधानमन्त्री प्रचण्डले आजै मौजुदा मन्त्रिपरिषद्‍ फेरबदल गर्दै तीन सदस्यीय बिना विभागीय मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन गर्दै कार्यविभाजन गरेका हुन।
    नव नियुक्त मन्त्रीले संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए। कार्यभार पछि तोक्ने गरी नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्।

    २०७९ पुस ११ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेयता यो १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको हो। २०७९ को पुसदेखि चैतसम्म सात पटक मन्त्रीको जिम्मेवारी फेरबदल भयो। २०८० सालको वैशाखदेखि फागुन २१ गते सोमबारसम्म ६ गरेर १३ औँ पटक मन्त्रिपरिषद् हेरफेर भएको छ।

    २०७९ पुस ११ गते गठन भएको मन्त्रिपरिषद् माघ ३, १४, २३, फागुन १४ र १६, चैतको १७ गते विस्तार भएको थियो। त्यसैगरी २०८० साल वैशाख ३, २१, २४ जेठ ९ गते फेरबदल भएको मन्त्रिपरिषद्ले जेठ १० गते पूर्णता पाएको थियो।

    sapath

    ईंटा व्यवसायीको समस् ...

    बर्दिवास, ५ बैशाख। नेकपा एमाले मधेश प्रदेश संसदीय दलका ...

    सहकारीको अवचलन छानवि ...

    काठमाडौं, ५ जेठ। सहकारीको अवचलन छानविनकोलागि सत्तारुढ द ...

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल