सिरहा, १९ फागुन। सिरहा प्रहरीले जबरजस्ती करणी मुद्दाका अभियोगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीले एक किशोरी कलात्कार गरी फरार रहेको अभियोगमा सिरहा नगरपालिका १७ का २७ वर्षिय सुमन कुमार साहलाई सिरहा नगरपालिका ७ बाट लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो।
साहले गत मंसिर २१ गते राति एक किशोरीलाई जवरजस्ती करणी गरी फरार भएका साहलाई विशेष सुचनाको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।
प्रहरीले शुक्रवार नै सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद लिई आवशयक अनुसन्धान गरिरहेको जनाएको छ।