गोप्य रुपमा कर्मचारीभर्ना प्रयास रोक्न वडा अध्यक्षहरुले बुझाए ज्ञापनपत्र

    • फागुन १८, २०८०
    • ५२१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १८ फागुन। सिरहाको धनगढीमाई नगरपालिकाको न्यायसतिमा गोप्य रुपमा कर्मचारीभर्ना गर्नलागेभन्दै तत्काल भर्ना प्रकृया रोक्न वडा अध्यक्षहरुले ज्ञापनपत्र बुझाएको छ। नगरपालिकामा भएका कर्मचारीले काम नपाएर दिनभरी घाम तापिरहेकोबेला कार्यपालिकाको निर्णय बेगर थप कर्मचारी राख्नु अनुचित भएको भन्दै वठाअध्यक्षले ज्ञापनपत्र बुझाएको हो।

    कार्यपालिकामा कुनै निर्णय नै नगरी आन्तरीक स्रोतबाट तलव खुवावउनेगरी कर्मचारी राख्न लागेको जानकारी पाएपछि आफूहरुले नियूक्ति प्रकृया तत्काल रोक्न प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएको वडा नम्वर ३ का अध्यक्ष बिरेन्द्र साहले जानकारी दिए। वडा अध्यक्ष साहले ३ र ९ नम्वरको वडा अध्यक्ष प्रकाश योञ्जनले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएको बताए।

    उनले भने, ‘पहिलो कुरा त हामीलाई कर्मचारीको आवश्यकता नै छैन। भएका कर्मचारी काम नभएर घाम तापेर बसिरहेका छन्। त्यसमाथि आन्तरिक स्रोतबाट कर्मचारी राख्नसक्ने अवस्था नगरपालिकाको छैन। कसैको आफ्नो आफन्तलाई जागिर दिने थलो बन्नु हुदैन भन्ने हाम्रो भनाई हो।’

    उपमेयर तथा न्यायिक समितिका संयोजक संगिता कुमारी चौधरीले उजुरी प्रशासक राख्ने विषयमा कार्यपालिकामा पटक–पटक कुरा राखेको भएपनि नियुक्ति गर्ने कुनै प्रकृया अगाडी नबढेको बताए। उनले भने, ‘मैले एक जना उजुरी पशासकको माँग कार्यपालिका बैठकमा धेरैपटक माँग गरें। तर, अहिलेसम्म मैले पाउन सकेको छैन। नियूक्तिको विषयमा मैला कुनै जानकारी छैन।’

    उनले ‘कार्यपालिका बैठकमा सवैले राख्न सहमति पनि जनाउनु बताए। तर, मैले कसैलाई राखिएको छैन। राख्ने कुरामात्र भएको हो; भने।

    उपमेयर चौधरीले महिलालाई काम गर्ने वातावरण नभएको दुखेसे पोखे । उनले भने, ‘नगरालिकामा महिलाले काम गर्ने वातावरण नै छैन। विभिन्न प्रकारले बाधा अड्चन गरिरहेका हुन्छन्। यहाँ सम्मकी न्यायीक समितिमा एक जना कार्यालय सहयोगी समेत छैन। भएको सवै कर्मचारी खोसी सकेको छ। यस्तो अवस्थामा एक जना महिलाले कसरी काम गर्ने?’ भन्दै प्रतिप्रश्न गरे।

    यस विषयमा प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश महतोसँग फोन सम्पर्कको प्रयास गरेपनि उनले फोन उठाएनन्।

     

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल