सुनसरी, १ फागुन। सुनसरी प्रहरीले चार क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहिच दुई जनालाई पक्राउ गरेको छ।

बराहक्षेत्र नगरपालिका ९ राजाबासबाट करिब ४ सय ६ किलो ९ सय ४० ग्राम अवैध लागूऔषध गाँजासहित धरान उपमहानगरपालिका ४ का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका ८ का २७ वर्षीय लक्ष्मण राईलाई पक्राउ गरेका हुन्।

ईलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका ९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरो गाडीलाई संकालागि जाँच गर्ने क्रममा गाडीमा १३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी चालक सूर्य र गाडीमा सवार लक्ष्मणलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।