सुनसरीबाट एक करोड ८२ लाख नक्कली नेपाली नोट बरामद

    • माघ २९, २०८०
    • २६५ पटक पढिएको
    • गमक पाेस्ट
    alt


    विराटनगर, २९ माघ। सुनसरी प्रहरीले एक करोड ८२ लाख बराबरको नक्कली नोट सहित भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।

    भारतबाट नेपाल ल्याउदै गरेको बीआर ११ एक्स ३४२९ नम्बरको स्कोर्पियो शंकालाग चेकजाँच गर्दा उक्त नक्कल्ली नोटसहित भारतको बिहारस्थित वीरपपुर ५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई प्रहरीले पक्राउ गरेको हो।

    भारतीय गाडीमा बोराभित्र झोलामा लुकाएर ल्याएको एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख एसपी विपिन रेग्मीले बताए।

    इनरुवा नगरपालिका ४ स्थित खोलाको पुलनजिकबाट नक्कली नोट सहित साफीलाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले बताए। सवारीसाधन जाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोर्पियो रोकिएको देखेपछि शंका लागेर जाँच गरेको थियो।

    नक्कली नोट सहित पक्राउ परेका गाडी चालक मोहमद सैयाद साफी।
    त्यस क्रममा गाडीभित्र लुकाएर राखेको नक्कली नोट भेटिएको रेग्मीले बताए। बरामद गरिएको नेपाली नक्कली नोटमा एक हजार दरका १८ हजार २५१ थान रहेका छन्।

    बरामद गरिएका नक्कली नोट भारतबाटै ल्याइएको पाइएको एसपी रेग्मीको भनाइ छ। गाडी पनि भारतबाट आएको हो।

    नक्कली नोट ल्याउने व्यक्ति फरार भएका छन्। पक्राउ परेका साफी गाडी चालक हुन्।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल