बर्दिवास, २५ माघ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार भ्रष्टाचार बिरीहरुलाई कानीदायरमा ल्याउन कुनै कसर बाँकी नराख्ने बताएको छ।

महोत्तरीको बर्दिबासस्थित आधारशीलाको २१ औ वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै सरकारसुशाशणको पक्षमा रहेको बताउँदै भ्रष्टाखारीलाई कानुनी दायरामा ल्याउन खुट्टा नकमाउने बताए।

उनले भ्रष्ट कुनै सुकुम्वासी, गरिव नभएर देशका ठूला व्यापारी, ठूला ओहोदाको कर्मचारी नै भएकाले कतिपय अवस्थामा दवाव आउने गरेको मन्त्री श्रेष्ठले बताए। उनले भने, ‘भ्रष्टचार गर्नेहरु कुनै न कुनै रुपमा शक्तिशालीहरु नै छन्, उनीहरुलाई कार्वाही गर्दा कहिले कर्मचारीलाई कार्वाही गर्न पाइँदैन भनेर विज्ञप्ती आउँछ। कर तिर्ने व्यसायी थुन्ने भन्दै काउँछन्। तर, भ्रष्टहरुलाई कानुनी दायामै ल्याएर छोड्छौं।’

उनले आर्थिक समृद्धिको बाधक भ्रष्टाचार र कुशासन भएको भन्दै भष्टाचारका विरुद्ध सवैले आवाज बुलन्द बनाउनुपर्ने बताए। भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण नगरे विकास र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै उनले सरकारले त्यसको क्रमिकरुपमा नतिजासमेत देखाइरहेको दाबी गरे। ’गृहमन्त्रालय समाले कै दिन पञ्चायतकालदेखि खाइरहेको गृहमन्त्रीको सुविधा पनि खारेज गरेँ,’ उनले भने, ‘शरणार्थी काण्डदेखि बाँसबारी छालाजुत्तासम्म आइपुग्दा सरकार अडिग भएर लागिरहेको छ।’

काम होस् भनेर खबरदारी गर्नेहरु कै कारण सरकारमा आत्मबल सञ्चार भएको बताउँदै गृहमन्त्री श्रेष्ठले पैसावाला, राजनीति पहुँच भएकाहरूले भने सरकारको कामको विरुद्ध नकारात्मक टिप्पनी गर्नेगरेको बताए।

सामन्तवादको निकृष्ट सोच कै कारण मिटरव्याजी मौलाएको र यसलाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक लागीपरेको उनको भनाई छ। ५ हजार भन्दा बढी पिडितहरुलाई अहिलेसम्म न्याय दिलाईसकेको बताउँदै सुशासन स्थापनामा सरकारले अभियान नै बनाएको गृहमन्त्री श्रेष्ठले बताए।
अहिले मिटरव्याजी पीडितहरुले गरेको आन्दोलनलाई संकेत गर्दै उनले आन्दोलनले सरकारलाई बल मिलेतापानी गलत ढङ्गले त्यसलाई प्रयोग गर्न नहुने सुझाए। विभिन्न तरिकाले जालसाँजी गरी राज्यलाई ठग्नेविरुद्ध सरकाले कारबाही अगाडि बढाएको र यहि प्रक्रियाअन्तर्गत बाँसबारी छालाजुत्तामा सग्लनहरुको छानबिन भइरहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ।

सोही क्रममा मन्त्री श्रेष्ठले सहकारी मार्फत ठगिगर्नेहरुलाई नियमन गर्ने बताए। ‘सहकारीको बषयमा पनि सरकारले काम गरिरहेको भन्दै मन्त्री श्रेष्ठले भने, ‘सरकार सहकारीका बचतकर्ताहरुलाई ठगिन नदिने र बैंकको रुपमा सहकारी चलाउन नपाने गरै कानु परीमार्जन गरिने छ।’

आधारशिलाको २१ औं वार्षिकोत्सवको अवसरमा बामपन्थि आन्दोलनमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए। जनमोर्चा नेपालका अध्यक्ष तथा पूर्व मन्त्री चित्र बहादुर केसी, तत्कालिन संयुक्त जनमोर्चा, नेपालका महासचिव घनश्याम शर्मा पौड्याल, बामपन्थि नेता इश्वरी दहाल ‘असारे काका’, पूर्वमन्त्री तथा शान्ता मानवी, अशेश्वर यादव, सांस्कृत कर्मी राम कृष्ण दुवाललगायतलाई सम्मान गरेका थिए।

कार्यक्रममा विभन्न पार्टीका नेताहरुको उपस्थिति रहेको थियो। सवैले आधारशिलाको थप प्रगतिको कामना गरेका थिए।

sammanit1 sammnit4