महोत्तरीमा पहिलो पटक सडक खाना सडक महोत्सव हुदैँ

    • माघ २१, २०८०
    • १७६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बिशाल बस्नेत

    महोत्तरी, २१ माघ। महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुने भएको छ। होटल तथा पर्यटन व्यवसायी संघको आयोजनामा जिल्लाको उत्तरवर्ती नगरपालिका बर्दिवासमा फाल्गुन ५ देखि ३ दिनसम्म महोत्सव हुने भएको हो।

    उक्त खाना सडक महोत्सव नितान्त पर्यटन प्रवद्वन गर्ने उदेश्य रहेको आयोजक जनाएको छ। आर्थिक मन्दिका कारण व्यवसाय धराशयी बनिरहेको बेला महोत्सवले व्यवसायलाई समेत चलायमान बनाउन सक्ने पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले वताए।

    अझ मौलिक खानाको माध्यमवाट  जिल्लाको खाना संस्कार समेत अनुभव गर्न सकिने आयोजक पक्षको भनाई छ। मौलिक खानाको साथै मौलिक संस्कार र संस्कृती पनि सडकमा देख्न सकिने महासचिव नारायण घिमिरेले जानकारी दिए। उनका अनुसार बर्दिवासस्थित सिन्धुली सडक खण्डको दायाँतर्फ झण्डै २ सय मिटरको लम्बाईमा ५० भन्दा बढी स्टल राखिने र स्थानिय र राष्ट्रिय कलाकारहरुको माध्यमवाट भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजक पक्षले तयारी गरेको छ।

    नि:शुल्क प्रवेश गर्न सकिने उक्त महोत्सवको व्यवस्थापनको लागी बर्दिवास नगरपालिकाले ६ लाख ५० हजार सहयोग गरेको छ भने १० लाख भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । वाँकी लागत स्टल र अन्य माध्यमवाट संकलन गरिने अध्यक्ष कार्कीले बताए।

    संस्कृती , पर्यटन तथा पर्वद्वन समिती बर्दिवासको समेत सहभागीमा मौलिक संस्कारलाई यथेष्ट प्रचारप्रसार गरेर पर्यटन विकासमा भुमिका खेल्ने आयोजक पक्षले जनाएको छ । स्टलमा राखिएका खानाहरुमा अधिकतम २० देखि ४० प्रतिशतसम्म  छुट हुने आयोजक पक्षले जानकारी दिएको छ।

    न्यूज कारखाना।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल