लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव हुँदै

    • माघ १२, २०८०
    • ३१८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    अनुभक्त चौधरी

    लहान, १२ माघ। उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले सिरहाको लहानमा ‘लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’ आयोजना हुने भएको छ।
    जिल्ला उद्योग वाणिज्य संघ सिरहा मुख्य आयोजना र लहान नगरपालिका संरक्षकमा उक्त महोत्सव चैत्र २९ गतेदेखि वैशाख ९ गतेसम्म आयोजना हुनेभएको हो।

    महोत्सवमा नेपाल लगायत छिमेकी राष्ट्रहरुको लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी गराइने पत्रकार सम्मेलनमा जनाइएको छ।

    ११ दिनसम्म चल्ने महोत्सवमा नेपालका घरेलु साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिज जन्य, कृषिजन्य र अन्य उत्पादन समेत गरी करिव एक सय ५० स्टलहरु रहने जनाइएको छ।

    अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने महोत्सव तथा प्रदर्शनीले उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध गाँसी, औद्योगिक तथा व्यापारिक चहल पहल बढ्ने जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास शारडाले बताए।

    एक करोड २० लाख रुपैयाँ खर्च अनुमान गरिएको उक्त महोत्सवको लागि लहान नगरपालिकाले ५० लाख दिने घोषणा गरेको छ भने अन्य विभिन्न दातृ निकायबाट खर्च जुटाइने आयोजकले जानकारी दिए।

    दुई लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा करिव १५ करोडको कारोवार हुने आयोजकले अपेक्षा गरिएको छ। महोत्सवमा विभिन्न मनोरन्जनात्मक तथा विविध सांस्कृतिक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ।

    महोत्सवलाई सफल्ता पूर्वक सम्पन्न गर्न उद्योगपति, व्यापारी, स्थानिय निकाय, प्रहरी प्रसाशन तथा समस्त आम नागरीकलाई आग्रह गरेको छ।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल