बराबरी अधिकार प्राप्तीको लडाई अझै बाँकी छ : उपेन्द्र यादव

    • माघ ५, २०८०
    • १६७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ५ माघ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेशीहरुले बराबरीको अधिकार अझै पाई नसेको भन्दै अधिकार प्राप्तीकोलागि संघर्ष जारी रहेको बताएका छन्।

    मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले शुक्रबार पर्साको वीरगञ्जमा आयोजना गरेको ‘बलिदानी दिवस’ लाई सम्बोधन गर्दै अध्यक्ष यादवले बराबरीको अधिकार र अवसर प्रातिकोलागि संघर्ष जारी रहेको बताएका हुन्।

    अध्यक्ष यादवले संघर्षकै बलमा संधियता स्थापना भएपनि अधिकार र अवसरका लागि सडक, सदन र संसदमा संघर्ष जारी राख्न आवश्यक रहेको बताए। उनले भने, ‘मधेश आन्दोलनले देशमा संघीयता स्थापना भएपनि मधेशका ८ जिल्लामात्र पायौं। मधेशका बांकी भूभाग जोड्न थप संघर्ष जारी छ।’

    उनले मधेश भुभाग र प्रतिनिधीत्वको दुवै हिसावले ठगिभएको बताए। मधेशमा ५३ प्रतिशत जनसंख्या रहेपनि ४० प्रतिशत मात्र प्रतिनिधीत्व रहेको बताए। उनले लोकतन्त्रको आधार जनसंख्या हो र त्यसकै आधारमा प्रतिनिधित्व आवश्यक रहेको बताए। अध्यक्षव वयादवले भने, ‘मधेशको जनसंख्या ५३ प्रतिशत छ त्यसकै आधारमा सवै क्षेत्रमा प्रतिनिधित्व हुनुपर्छ।’

    राज्यको लगानी न्यायपूर्ण हुनुपर्नेमा उनले जोड दिए। विकाशको सुचकाङ्कमा मधेश पछाडि परेको छ भने सबभन्दा बढी लगानी पनि मधेशमा हुनुपर्ने उनको भनाइ थियो।
    ‘शहिदको सपना थियो मधेशबाट गरिबी र बेरोजगारीको अन्त्य होस् र विभेद र असमानबाट मुक्ति मिलोस्’, उनले भने, ‘यसका लागि आज पनि संघर्ष जारी छ । संघर्षलाई अगाडी बढाउन आवश्यक छ ।’

    गरिबी, बेरोजगारी, असमान र विभेदबाट जनताले मुक्ति नपाएसम्म/नदिलाएसम्म शहिदको सपना पुरा नहुने पनि उनले बताए।

    सोही अवसरमा मधेस प्रदेश सरकारले मधेस आन्दोलनका सहिद भएका ६३ परिवारलाई जनही ३ लाख रुपैयाँ वितरण गरेको छ।

    कार्यक्रमममा मधेस सरकारले मधेस आन्दोलनका घाइते १३० जनालाईपनि उनिहरुको शारिरिक अवस्था हरेर अवस्था हेरेर १ देखि २ लाख रुपैयाँ प्रदान ग¥यो। यसका अतिरिक्त सहिद परिवार र घाइतेलाई १/१ थान कम्बल र यातायात खर्च बापत जनही ४ हजार रुपैयाँपनि प्रदान गरिएको थियो।

    मुख्यमन्त्री यादवले मधेस आन्दोलनका सहिद र घाइतेले दिएको बलिदानीको सम्मानका लागि प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवसमा आर्थिक सहयोग गर्दै आएको बताए। उनले भने,‘यो दुई तीन लाखले हुन त केहि हुने होइन। २५ करोड दिदाँपनि गएको ज्यान फर्केर आउँदैन। तर बलिदानीको सम्माननका लागि सहिदका परिवार र घाइतेलाई प्रदेश सरकारले सहयोग गरेको हो।’

    गृह सञ्चार तथा कानून मन्त्री महम्मद समिमको अध्यक्षतामा भएको बलिदानी दिवस कार्यक्रमलाई संघीय सरकारका पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादव, पूर्व मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री सञ्जय यादव, खेलकुदमन्त्री सुनिता साह, उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव, उर्जा सिंचाई तथा खानेपानीमन्त्री सिंहासन साह कलवार, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, प्रदेशसभा सदस्यहरु जर्नादन सिंह क्षेत्री, श्याम पटेल, प्रमोद जयसवाल लगायतलेपनि सम्बोधन गरेका थिए।

    ०६३ माघ ५ मा पहिलो मधेश आन्दोलनताका सिरहाको लहानमा विद्यार्थी रमेश महतो शहिद भएका थिए। उनको सम्झनामा विगत ६ वर्षदेखि मधेश सरकार बलिदानी दिवस मनाउँदै आएको छ।

     

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल