एमाले महोत्तरी अधिवेशन : मण्डल र यादवको गुट निर्माणमा दौडधुप

    • माघ ३, २०८०
    • ३०२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    विशाल बस्नेत

    महोत्तरी, ३ माघ। लामो समयदेखी पटक-पटक स्थगित हुँदै आएको नेकपा एमाले महोत्तरी जिल्ला अधिवेशनको पुनः चर्चा सुरु भएको छ।

    पछिल्लो डेढ दशक यता तदर्थ समितिको भरमा चल्दै आएको एमालेमा माघ २२ र २३ गते निर्धारित अधिवेशनकै कारणले पनि जिल्ला राजनीतिवृत्तमा चर्चाको विषय बनेको हो।

    अधिवेशनको मिति नजिकिएसँगै  नेतृत्व लिने होडवाजीले नेताहरूमा दौडधुप सुरु भएको छ। चर्चामा रहेका नामकै आधारमा गुटउपगुट सिर्जना भएका छन्। अहिले कालिचरण साह, वलिराम यादव र शिवचन्द्र सिंहको चर्चा छ।

    यस्को लागी माघ -१३ गतेसम्म जिल्लाका १३८ वटै वडाबाट प्रतिनिधि छनोट गर्ने समयसिमा राखिएको छ भने ५० सदस्य बराबर एक प्रतिनिधि बन्न पाउने प्रावधान बनाइएको छ। यसो हुँदा जिल्लामा सदस्य संख्याको आधारमा झण्डै ५५० प्रतिनिधि चयन हुन सक्ने एमाले महोत्तरीले जनाएको छ।

    जिल्लामा अहिले दुई वटा गुट देखिएका छन्। एउटा गुटको नेतृत्व केन्द्रिय सदस्य सरोज यादवले गरेका छन् भने अर्को  गुटको नेतृत्व  पोलिटव्युरो सदस्य रामदयाल मण्डलले गरेको देखिन्छ।

    एमाले महोत्तरीका नेताहरूका अनुसार रामदयाल मण्डल, जुलि महतो, रघुविर माहासेठसहितको एउटा गुटले शिवचन्द्र सिंहलाई बोकेका छन् भने सरोज यादवको अर्को गुटले बलिराम यादवलाई बोकेको छ।

    कालिचरण साहले आफू कुनै गुटको नभएको दाबी गरेता पनि मण्डल निकट भएको एमालेका एक नेता बताउछन्। विशेष स्रोतको अनुसार अहिले सतहमा देखिएका मण्डल निकट मानिने कालिचरण र शिवचन्द्र मध्ये एक जनालाई मनाउन गृहकार्य भइरहेको छ। 

    यता यादव पक्ष भने बलिरामलाई नै अध्यक्षको उम्मेदवार बनाउने लगभग  निष्कर्षमा पुगेका छ। यादव पक्षका एक नेताका अनुसार बलिराम नै यादव पक्षको उम्मेदवार हुन सक्छन्।

    जिल्लामा स्पष्ट देखिएको यिनै दुई गुटलाई कसरी बलियो बनाउने अभियानमा नेताहरू दुई भागमा विभक्त भएका छन्। 

    मण्डल र यादव  को- कती बलियो छ भन्ने स्थिति हेर्ने हो भने दुवै गुटविच बलियो प्रतिस्पर्धा हुने देखिन्छ। तथापी सरोज यादव केपी निकट मानिने हुँदा अध्यक्षको सल्लाहअनुसार नै समूह निर्माण गरिरहेको पनि कतिपयको आरोप छ।

    पछिल्लो समय महोत्तरीमा यादवको समूह बलियो बन्दै गएको छ। अधिवेशनमा कस्लाई नेतृत्व तयार गर्ने भन्ने विषयमा निर्णायक क्षेत्र न.१ हो। अहिले क्षेत्र न.१ मा यादवको बलियो पकड छ। 

    नेताहरु सन्त परियार, सारदादेवी थापा, केदार वहादुर बस्नेत जुलि र मण्डल पक्षधर देखिएतापनी झण्डै ८५ प्रतिशत नेताहरू यादव पक्षधर भएको नेता कार्यकर्ताहरू बताउछन्। पछिल्लो समय माओवादी केन्द्रवाट एमाले प्रवेश गरेका युवा नेता संकर महतो पनि यादव निकट बनेका छन्। 

    कुनै समय ९० प्रतिशत मण्डलको नियन्त्रणमा रहेको क्षेत्र न. १  अहिले त्यस्को ठिक विपरित वनेको छ । सुरुदेखी नै नेता गुन्ज खडका यादव निकट मानिएता पनि अन्य नेताहरू भने मण्डल निकट मानिन्थे । 

    लामो समयदेखी विवाद नै विवादमा रुमलिदै आएको एमाले महोत्तरीमा यसअघि निर्धारण भएको अधिवेशनहरूमा पनि सरोज यादव र रामदयाल मण्डलकै कारण स्थगित भएको थियो।

    दर्जनौपटक कहिले आन्तरिक कलह त कहिले नेताहरूको नीजि स्वार्थको कारण विवादित बन्दै आएको यो आसन्न अधिवेशन भने जसरी पनि गर्नपर्ने नेताहरूको मनस्थिति छ।

    यहिँबीचमा देखिएको गुट निर्माणले कतै अधिवेशन नै विथोलिने त हैन भन्ने बाक्लै अडकलवाजी पनि  छन्।

    “हामी अधिवेशनको तयारीमा अघि बढ्यौं, यसपालि अब अधिवेशन टार्ने कुनै निहुँ बन्दैन”, एमाले जिल्ला सङ्गठन कमिटीका अध्यक्ष कालीचन्द्र साहले भने, “अधिवेशनको मुख्य नारा र लोगो सार्वजनिक गरिसकेका छौं, अब जे काम हुँदैछन्, अधिवेसशका लागि हुन् ।” 

    २०७८ साल  २४ र २५ पुसमा गर्नुपर्ने अधिवेशन  आन्तरिक कलह कै कारण नभएपछी ५ र ६ माघलाई निर्धारण गरिएको थियो तर हुन सकेन। एकता प्रक्रियाका क्रममा एमालेमा नै रहेका तत्कालिन इन्चार्ज  टेक वहादुर बलाम्पाकीलाई साथमा लिएर नेता यादवले मण्डल पक्षसगँ प्रतिस्पर्धा गर्ने हतियार बनाएका थिए।

    तर नेता बलाल्पाकी अहिले माओवादी केन्द्रमा नै फर्किसकेका छन् भने गुट निर्माणको संजालमा यादव अझै सक्रिय छन्। महोत्तरीमा ४ जना केन्द्रीय सदस्य मध्ये बलाम्पाकी माओवादी केन्द्र फर्कीसकेपछी सरोज यादव, रामदयाल मण्डल र बुधिनिदेवी छन्।

    बुधिनिदेवि मण्डलकै साथमा देखिन्छन् भने यादवलाई क्षेत्र न.१ का केही प्रदेशस्तरिय नेताहरुको साथ छ। शक्ति संचयका हिसावले समेत नेताहरू आफ्नो पकड बनाउने दाउमा लागीरहँदा पार्टीको वैचारिक धरातलको भने चिन्ता हुन थालेको छ।

    न्युज कारखाना

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल