पूर्वराजा ज्ञानेन्द्रद्वारा रौतहटको महादेव मन्दिरमा पूजा

    • माघ २, २०८०
    • २०७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सञ्जय मिश्रा

    रौतहट, २ माघ। पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको मध्यभाग शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन्। निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो पुगेका पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए।

    सो क्रमामा बाटोको दुवैतर्फ बसेका हजारौं समर्थकले फूलमालाले भव्य स्वागत गरेका थिए। पूर्वराजा ज्ञानेन्द्रले समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए। उनी मन्दिरमा पूजा गर्ने क्रममा हजारौं समर्थकहरूले राजाआउ देश बचाउ भनेर नारा लगाएका थिए।

    उनको स्वागतमा शिवनगर चौकमा बनाइएको गेटमाथि राखिएको ब्यानर उनी आउनु एक घण्टाअघि प्रहरीले हटाएको थियो। मन्दिर छेउको ब्यानर प्रहरीको हटाउन प्रयास स्थानीयको बिरोधपछि हटाएनन्।
    प्रहरी स्रोतका अनुसार ब्यानरमा राजा र अवैध संविधान लेखिएकाले हटाइएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा झण्डै १० हजार मानिसको सहभागिता रहेको अनुमान गरिएको छ।

    पूर्वराजा करिब ३० मिनेटपछि फर्किएका थिए। उनले सम्बोधन गरेनन्।उनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले सुरक्षाको नेतृत्व गरेको थियो।
    न्युज कारखाना

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल