करोडौंको अस्पताल भवन निर्माणमा कवाडी छड हालेको भन्दै पूर्व मेयरले रोके निर्माणकार्य

    • पुष २९, २०८०
    • २०५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    संजय मिश्रा

    रौतहट २९ पुस। रौतहटको कटहरियामा १५ बेडको अस्पताल भवन निर्माणको ठेक्का लिएका निर्माण ब्यवसायी उपेन्द्र चौधरीले गुणस्तरहीन काम गरेको भन्दै पूर्व मेयर सियाराम कुशवाहाले रोक लगाईएका छन्।

    संघीय सरकारको १९ करोड ७५ लाख भयाट सहितको लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेण्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनन्जय, चौधरी जेविले ११ करोडमा साकार गरेको थियो। प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको हाता भित्र भन्न लागेको १५ सैंयाको अस्पताल भवन निर्माण अवधि २ बर्ष रहेको छ।

    पूर्व मेयर कुशवाहाले शनिवार स्थलगत अनुगमन निरीक्षण गर्दा निर्माण कम्पनीका निर्देशक उपेन्द्र प्रसाद चौधरीले जग निर्माणमा रोलर नै नचलाई ढलान सुरु गरे पछि पूर्व मेयर कुशवाहाले निर्माण काम रोक्का गरेको बताए। करीब २० करोडको भवनको जग नै बलियो भएन भने माथीको संरचना कमजोर हुने भएकाले निर्माण रोक्का गरिएको पूर्व मेयर कुशवाहाले बताएका छन्।

    ठेकदारले निर्माण स्थलमा होर्डिङ बोर्ड समेत राखेका छैनन्।

    ‘टेण्डर तथा निर्माणको स्टीमेटसहित ठेकदारलाई आउन भनेको छु, कटहरिया नगरपालिकाको ईन्जिनियरले निर्माण बारे स्पष्ट पारेपछि मात्र पुनः काम शुरू हुन्छ,’ पूर्व मेयर कुशवाहाले भने। उनका अनुसार त्यतिमात्र नभई ठेकदार चौधरीले करोडौंको भवन निर्माणमा पुरानो कवाडी रड प्रयोग गरिरहेका छन्।

    सो अस्पतालको शिलन्यास २०७७ पुस १ गरेका दिन तत्कालीन नगर प्रमुख कुश्वाहाले नै गरेका थिए। तर, भवन निर्माण हुने स्थानमा ठूलो खाडल बनाएर तीनबर्ष सम्पर्क बिहीन रहेका ठेकदार उपेन्द्र चौधरी अहिले बल्ल निर्माण काम सुरु गरेका हुन्।

    कटहरियाका बर्तमान मेयर अजयप्रकाश जैसवालले आफ्नो लामो प्रयासबाट अस्पताल भवनको निर्माण सुरु भएको बताएका छन। जैसवालका अनुसार सुरुमा अस्पताल भवन निर्माणको लागि मन्त्रालयबाट टेण्डरको प्रक्रियाको थालनी भएको थियो। मन्त्रालयबाट निर्माणको लागि रकम निकासा नहुँदा कुनै प्रक्रिया अगाडि बढेको थिएन।

    हाल मन्त्रालयमा लगातार दौडेर रकम निकासा, टेण्डर स्वीकृत गराएपछि मात्र अस्पताल भवन निर्माणको काम सुरु भएको मेयर जैसवालले दाबी गरेका छन्।

    न्यूज कारखाना।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल