उपमेयर सहितका जनप्रतिनिधीले गरे मेयरको कार्यकक्षमा तालाबन्दी

    • पुष २४, २०८०
    • १९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    रौतहट २४ पुस। रौतहटको कटहरिया नगरपालिकाका उपमेयरसहितका जनप्रतिनिधीले आफ्नै मेयरको कार्यकक्षसहित कार्यालयमा तालाबन्दी गरेका छन्। मेयर अजयप्रकाश जैसवालले करोडौ रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै हिसाब किताब सार्वजनिक गर्नुपर्ने माँग गर्दै उपमेयर रिता देवी यादवसहितका जनप्रतिनिधीले नगरपालिकाको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

    निर्वाचित भएदेखिनै जनप्रतिनिधिहरु लाई झुक्याएर हस्ताक्षर गराई करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लाग्दै आएको छ। बिभिन्न ८ बुन्दे माँग गर्दै जनप्रतिननिधीको टोलीले कर्मचारीलाई कोठा बाहिर निकालेर छुट्टाछुट्टै फाँटहरुमा तालाबन्दी गरेको हो।

    नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम बुझाउने सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत देखि खट्दैआएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बैठक बाट पारित गर्नुपर्ने माग गरिएको छ।

    त्यस्तै बिगतमा नगरक्षेत्र भित्र हैन्डपाईप जडानमा छुट्याईएको रकमको लेखाजोखा कार्यपालिकालाई जानकारी दिनुपर्ने, विधुत पोल खरिदको लागि छुट्याइएको एक करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जमा गराई सम्झौता गर्नु पर्ने, आर्थिक बर्ष २०७९/०८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकायबाट आएको योजनाको प्रगती बिवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी, करार, डोर,को संख्या, नाम ठेगाना सहित, उनीहरूको तलबमानको बिवरण, तथा भुक्तानी बारे लिखित जानकारी गराउन माग गरिएको छ।

    मेयर जैसवालले करार कर्मचारी, डिजल पेट्रोल, कर्मचारीको खाजा लगायत बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ अनियमितता गरिरहेको आरोप लाग्दै आएको छ। गत १८ गते बसेको कार्यपालिकाको बैठकमा उक्त बिषय बारे जानकारी माग्दा मेयर जैसवालले आज २३ गते हुने कार्यपालिकाको बैठकमा सम्पूर्ण बिवरण पेस गर्ने बताएका थिए। १८ गतेको सूचना अनुसार आज भनिएको बैठकमा मेयर र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह अनुपस्थित रहेको उपमेयर यादवले बताईन।
    एकातर्फ मेयर र अधिकृत बैठकमा सहभागी नहुनु र अर्को तर्फ मेयरको मानिस हिँउदे अधिवेशनको लागि कार्यपालिका सदस्यहरुको घरघरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरुगरेकाले मेयरको नियत ठीक नरहेको उपमेयर यादवले बताईन।

    उनले बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ निकासा गरेर अनियमितता गरेका मेयर जैसवालले हिँउदे अधिवेशन सकेर पुनः रकम निकासा गराउने दाउमा देखिएकाले बाध्यभएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको उपमेयर यादवाका साथै जनप्रतिनिधिहरुले बताएका छन।

    उपमेयर यादव, वडा नम्वर १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुरलगायत तालाबन्दी गर्न गएका बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुले मेयर जैसवालले सहजरुपमा हिसाब पार्दर्सि नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल