राष्ट्रिय सभामा मधेश प्रदेशबाट पाँच जनाको उम्मेदवारी

    • पुष २३, २०८०
    • ३२४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुरधाम २३ पुस। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशबाट विभिन्न पार्टीका पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्। मधेश प्रदेशमा रिक्त अन्य र महिला गरी दुई सिटका लागि नेपाली काँग्रेस, जनमत पार्टी, जनता समाजवादी पार्टीबाट एक–एक जना र नेकपा एमालेबाट दुई र सहित पाँचजनाले उम्मेदवारी दिएका हुन्।

    निर्वाचन आयोगले सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो।

    सोही समयमा नेपाली कांग्रेसबाट अन्यमा आनन्दप्रसाद ढुङ्गना, जनमत पार्टीबाट रामाशंकर महासेठ, नेकपा (एमाले)बाट अन्यमा कुमारी विजेता झा, महिलामा उषादेवी थरुनी र जनता समाजवादी पार्टी (जसपा)बाट महिलामा पूजा चौधरीले उम्मेदवारी दर्ता गराएको प्रादेशिक निर्वाचन कार्यालय मधेश प्रदेशका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए।

    मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल