सिरहा, २१ पुस। नेत्रविक्रम चन्द नेकपा निकट अखिल क्रान्तिकारीको प्रथम सिरहा जिल्ला सम्मेलन शुक्रवार गोलबजारमा सम्पन्न भएको छ। सम्मेलनले प्रियंका वाईवाको अध्यक्षतामा जिल्ला समिति गठन गरेको हो।
समितीको उपाध्यक्षमा हरेराम यादव, सचिव कमलेश यादव, सहसचिव विशाल यादव, कोषाध्यक्ष कृष्ण नेपालसहित २९ सदसिय जिल्ला समिति गठन गरेको जनाएको छ।
पार्टीका पोलिटब्यूरो सदस्य त्रिलोकको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा विद्यार्थी नेता प्रकाश चन्द लगाएतको उपस्थिति रहेको आयोजकले जनाएको छ। 
सम्मेलनको उद्घाटन समारो अधि विद्यार्थीहरुले विभिन्न नारा जुलुस सहित बजार परिक्रमा गरेका थिए।


                    
                            
                                                            


        
        
        















