एमाले र माओवादीका जनप्रतिनिधि नदी उत्खननविरुद्ध उभिए

    • पुष २०, २०८०
    • २२० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    विशाल बस्नेत

    महोत्तरी, २० पुस। बर्दिवास नगरपालिकाको १३औँ नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवादित बनेको छ । कार्यापालिका सदस्यहरुले रातु नदीमा अवैध उत्खनन भएको दाबीसहित राजश्वको बिषयमा प्रश्न उठाएपछि नगरसभा विवादित बनेको हो।

    नदी उत्त्खननमा ठेक्केदारको पक्षपोषण हुनेगरी नगरप्रमुख स्वयं लागिपरेको बताउदै बर्दिवास–६ का वडा अध्यक्ष पदम आलेमगरले जनताको भावना र विपदको अवस्थालाई मध्यनजर गर्दै उत्त्खनन रोक्नुपर्ने तर्क राखे

    अनुगमनको क्रममा उत्त्खननस्थल पुग्दा निक्कै बेथिति रहेको र त्यसलाई रोक्न आफुले पटकपटक प्रयास गरेको अध्यक्ष मगरको भनाई छ।

    रातु नदी उत्त्खननकै विरुद्ध एमालेवाट निर्वाचित वडा न.४ का वडा अध्यक्ष काहरमान स्याङ्वा, बर्दिवास–८ का वडा अध्यक्ष शम्शेर सिंह, बर्दिवास–१३ का रामकिसोर साह, बर्दिवास–३ का वडा अध्यक्ष बिराट बिष्ट पनि उभिएका छन।

    उत्त्खनन लगायत अन्य विषयहरुमा असन्तुष्टि जनाउदै एमाले र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिहरुले त नगरसभा नै बहिष्कार गरेका छन्। 


    अहिले नगरमा विशेषगरि नदी उत्त्खननको बिषय निक्कै विवादित बनेको छ। अघिल्लोपटक भएको क्षतिको आंकलन नै नगरी आईई रिपोर्ट बनाएर खोला उत्त्खनन गरेको, अहिले भइरहेको उत्त्खनन मापदण्डविपरीत हुँदा समेत नगरप्रमुख ठेकेदारकै पक्षमा उभिएको जस्ता आरोपहरु लागिरहेका छन्।

    नियम र मापदण्डविपरीत नै भएको जिल्लास्तरिय अनुगमन टोलीले समेत निष्कर्ष निकालेपछि अहिले भएको उत्त्खनन रोकिएको छ।
     

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल