सर्लाहीमा अस्पतालको विषयमा प्रदर्शनकारी र प्रहरीविच भएको झडपमा एकको मृत्यु, बरहथवा तनावग्रस्त

    • पुष २०, २०८०
    • २१७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, २० पुस। सर्लाहीमा स्थानीय स्वास्थ्यकेन्द्र प्रदेश सरकारको नाममा हस्तान्तरणको विषयमा भएको विरोध प्रदर्शनका क्रममा गोली लागेर एक जनामो मृत्यु भएको छ।

    सर्लाहीको बरहथवा नगरपालिको एक प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बरहथवा नगरपालिकाको निर्णयविरुद्ध स्थानीयले सडकमा आगो बाल्दै प्रदर्शन गर्ने क्रममा गोली लागि ६ नम्वर वडाका ३० वर्षिय जयशंकर साहको मृत्यु भएको हो। तर प्रहरीले उनको मृत्युको कारण खुलाएको छैन।

    प्रहरीको गोली लागेर साहको मृत्यु भएको दाबी आन्दोलनकारीले गरेका छन्। तर सर्लाही प्रहरीले यसको पुष्टि गरेको छैन। शव प्रदर्शनकारीनै कब्जामा रहेकाले मृत्युको कारणबारे प्रहरीले केही बताउन चाहेनन्।

    प्रदर्शनलाई नियन्त्रणमा लिन शुक्रबार दिउँसो प्रहरीले १९ सेल अश्रुग्यास र १३ राउन्ड हवाइ फाइर गरेको छ।

    प्रादेशिक अस्पताल राख्ने विषयमा सुरु भएको विवादले उग्र रुप लिएपछि अश्रु ग्यास र हवाइ फायर गरिएको थियो।

    अवस्था सामान्य हुन नसकेपछि १३ राउन्ड हवाइ फायर गरिएको प्रहरीले जनाएको छ।

    स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बरहथवा नगरपालिकाको निर्णयविरुद्ध स्थानीयले सडकमा आगो बाल्दै प्रदर्शन गरेका थिए।

    अस्पताललाई लिएर स्थानीयबासीले नगरप्रमुख कल्पना कटुवालको घरमै आजगनी गर्न खोजेका थिए। त्यसपछि हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ। स्थानीयले मेयरको घरमा राखिएको गाडीमा आगजनी गरेका छन्।

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल