बैंकबाट रकम चोरी गर्ने तीन जना रौतहटबाट पक्राउ

    • पुष १२, २०८०
    • ३०८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    अशोक कुमार

    रौतहट,१२ पुस। जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। 

    जिल्लाको गौर नगरपालीका वडा नम्बर ४ वस्ने २५ वर्षीय जितेन्द्र गिरी, गौर ७ वस्ने ३७ वर्षीय दिपेन्द्र कुमार साह र गुजरा नगरपालीका ६ घर भई हाल चन्द्रपुर नगरपालीका १० वस्ने बर्ष ४२ को राज कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो। 

    गौर नगरपालीका ४ वस्ने जयप्रकाश रायचनौको एनआईसी एसिया र माछापुच्छे बैंकको खाताबाट २०८० असाढ २९ गतेदेखि पटक पटक गरी बाह्र लाख ४६ हजार चार सय ४०, गौर नगरपालीका ७ वस्ने मिश्रीलाल साहको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट २०८ असाढ २० गतेदेखि पटक पटक गरी जम्मा पाँच लाख,

    रौतहट गौर नगरपालीका २ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट २०८० मंसिर २९ गते ८० हजार, चन्द्रपुर ९ वस्ने कृष्णप्रसाद तिमल्सिनाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरमा रहेको खाताबाट २०८० मंसिर ३० गतेदेखि पटक पटक गरी ६ लाख ११ हजार दुई सय आठ रुपैयाँ सन्ताउन्न पैसा गरी ४४ लाख ३७ हजार छ सय २५ रुपैया सन्ताउन्न पैसा उनीहरूले निकालेका थिए। 

    विभिन्न काल्पनिक व्यक्तिहरूको नामको भारतको घोडासहनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमति पत्र बनाई  सिमकार्डहरू निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरूमा खाताखोली मोवाइल बैंकिङमार्फत खाताको रकम अनाधिकृत रूपमा पहुँच पुर्‍याइ चोरी गरेको विषयमा उजुरी परेपछि रौतहट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ परेका तीनै जनालाई अनुसन्धान प्रतिवेदन मिसिलसहित बिहीबार जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

    न्युज कारखाना

     

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल