‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन, आगामी दशैंमा रिलिज हुने

    • पुष ११, २०८०
    • २१३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौँ, ११ पुस। फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्।

    हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ।

    यो फिल्ममा नेपाली फिल्म क्षेत्रका दुई सुपरस्टार नायकहरूको टिम अप पक्का भएको छ । फिल्ममा नायकद्वय दयाहाङ राई र आर्यन सिग्देलले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी दिएका छन्।

    दया र आर्यनले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए। यी दुई नायकको टिमअपले फेरि दर्शकमाझ नयाँ उत्साह थपिने पक्का छ।

    यो फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ। क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने बुझिएको छ।

    फिल्मका अन्य कलाकारहरूको घोषणा बिस्तारै गरिने निर्माणपक्षले बताएको छ । दिनेश राउतले निर्देशन गर्ने पक्का भएको यो फिल्ममा विकास सुवेदीको लेखन रहनेछ । दिनेशले फिल्म ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन्।

    यो फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो फिल्म वितरणको जिम्मा लिएको छ । फिल्मको छायांकन आउँदो वर्षको जेठबाट सुरु हुने निर्माणपक्षले उल्लेख गरेको छ।

    निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन्।

    न्यूज कारखाना।

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सिरका दक्षिणी भेगमा ...

    जीवछ यादव लहान, २२ वैशाख। लोकमार्गदेखि दक्षिणी भेगमा ह ...

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल