बालुवाटारमा शीर्ष नेताहरूबीच बैठक सुरु, संक्रमणकालीन न्यायसम्बन्धी छलफल

    • पुष ९, २०८०
    • १७८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ९ पुस। प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षसहितका नेताहरू सहभागी छन्।

    छलफलमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन्।

    यस्तै बैठकमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा कांग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र खिमलाल देवकोटाको सहभागिता रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल भइरहेको छ।

    साउदीमा मृत्यु भएका ...

      ओमप्रकाश ठाकुर     सर्लाही, ...

    सुनसरीबाट सशस्त्रले ...

    सुनसरी, २६ बैशाख। मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीब ...

    दल दर्ता प्रक्रिया न ...

    काठमाडौं, २६ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालका ...

    सन्दीपको आक्रोस : गौ ...

    काठमाडौं, २६ बैशाख। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल