दाइजोका कारण हत्या भएको माईती पक्षको दावी, ३ लाख भारु र जिन्सी लिएर थप दहेजको दबाब

    • पुष ९, २०८०
    • ६२६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    पुस ४ मा अन्दाजी २२ वर्षीय पूजा चौधरीलाई लहानकै सप्त ऋषि अस्पतालले मृत घोषणा गरेको थियो । तर उनको मृत्यु शंकास्पद छ।

    पूजाको हत्या दाइजोका कारण उनकै श्रीमान् राजाराम साह, ससुरा फूल कुमार, सासू सुनिता देवी र नन्द चन्द्रिका कुमारीले गरेको आरोप माइत पक्षको छ।

    छोरी पूजाको हत्यामा संलग्नलाई कारबाहीका लागि उनका बुबा सम्पत्ति चौधरी प्रहरी प्रशासन धाइरहेका छन् । तर प्रहरीले उनको जाहेरी लिन तयार छैनन्।

    पूजाको मृत्युबारे ससुरा पक्षले प्रहरी र माइत पक्षलाई फरक फरक ब्यहोरा बताएका कारण पनि घटना शंकास्पद देखिएको छ।

    पूजाको मृत्यु भइसकेपछि ससुरा पक्षले एम्बुलेन्स बोलाएर लहानकै सप्त ऋषि हस्पिटल लगेको थियो । अस्पतालको रिपोर्टले पनि पूजाको मृत्यु अस्पताल लग्नु अगावै भएको देखिन्छ।

    पूजा बिरामी परेको भन्दै उनका मामा दिनेश साहलाई अस्पतालबाट छिमेकी रेखा साहले फोन गरेकी थिइन् । तर पूजाकी नन्द चन्द्रिकाले झुन्डिएको भनेर प्रहरीमा बयान दिएपछि घटना रहस्यमयी देखिन्छ।

    अस्पतालबाट पूजाकी छिमेकी रेखाले फोन गरेपछि लहान घर भएका उनका मामा दिनेश हतार हतार अस्पताल पुगेका थिए । अस्पताल पुग्दा भान्जी पूजालाई चिकित्सकले मृत घोषणा गरिसकेको थियो– दिनेशले नेपाल प्रेसलाई बताए।

    उनले भने, ‘अस्पताल पुग्दा भान्जी पूजाको मृत्यु भइसकेको थियो । तर उनकी छिमेकी रेखाले मसँग झुटो बालेर अस्पताल बोलाइन् ।’ रेखाले घटनालाई ढाकछोप गर्न खोजेकी थिइन्’, दिनेशले भने।

    ‘अस्पताल पुग्दा भान्जी पूजाकी छिमेकी रेखासँगै उनका अन्य मानिसहरू पनि थियो’, दिनेशले भने, ‘त्यहाँ उनीहरू पूजा मंगलवारी व्रत बसेकी थिइन् र रिंगटा लागेर आँगनमा खसेपछि अस्पताल ल्याउँदा मृत्यु भयो भनेर सुनाए । तर घर पुग्दा भान्जी पूजाको नन्दले झुन्डिएको अवस्थामा देखेपछि डोरी काटेर उनलाई अस्पताल पठाएको भनिन्।’

    अस्पताल पुर्‍याउने छिमेकी र पूजाको नन्दको कुरामा फरक परेपछि पनि घटना शंकास्पद देखिएको दिनेशको भनाई छ । उनले भने, ‘यो घटनालाई शंकास्पद पनि कसरी भन्ने ? परिवारका सबैले मिलेर हत्या गरेछन्।’

    उनका अनुसार थप दाइजो माग्दै पूजालाई श्रीमान्, सासू, ससुरा र नन्दले पटक पटक यातना दिएको थियो । केहि दिन अगाडी सिरानी मुखमा कोचेर निर्घात कुटपिट गर्दा भान्जी पूजाको उपचार हामीले गराएका थियौँ,’ उनको भनाई छ।

    ०८० वैशाख २० (२०२३ मई ०३) मा सामाजिक परम्परा अनुसार भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने राजनगरकी पूजाको विवाह राजारामसँग भएको थियो । विवाहमा २ लाख भारु (नेपाली ३ लाख २० हजार) नगद र सरसामान दिएको पूजाका बुवा सम्पत्तिले बताए।

    उनका अनुसार विवाह गरेर लगेको केहि महिना नबित्दै थप दाइजोका लागि छोरीलाई यातना दिन थाल्यो । पटक पटक कुटपिट गर्न थालेपछि थप ८० हजार रुपैयाँ गएर सम्धी ९पूजाकी ससुरा०लाई दिएको थिए । तर थप ३ लाख २० हजार रुपैयाँ माग्न थाल्यो।

    सम्पत्तिले जाहेरीमा लेखेका छन्, ‘सोफोसेट, गोदरेज, फ्रिज र व्यवसाय गर्नका लागि २ लाख भारु (३ लाख २० हजार नेरु) मागेर ल्याऊ अनि मात्र घरमा राख्छु भनेर छोरीलाई दबाब दिन थाल्यो । मेरो घरको अवस्था कमजोर रहेकाले छोरीले यो कुरा हामीलाई नबताई हिंसा भोग्दै आएकी थिइन् । एक हप्तादेखि यातना दिँदै पौष ४ मा मेरो छोरीको हत्या गरियो।’

    घाँटी च्यापेर छोरी पूजाको हत्या गरेकोले संलग्न उनका श्रीमान्, सासू, ससुरा र नन्दलाई मुलुकी अपराध फौजदारी संहिता १७७ र १८० बमोजिमको कसुर अपराध अन्तर्गत कर्तव्य ज्यान मुद्दा चलाई हदैसम्मको कारबाही गर्न सम्पत्तिले माग गरेका छन्।

    उनले पटक पटक इलाका प्रहरी कार्यालय पुगेर जाहेरी दर्ता गराउन खोज्दा पनि प्रहरीले नमानेको गुनासो गरे । उनले भने, ‘दाइजोकै निहुँमा छोरीको हत्या गरिएको छ । तर प्रहरीले घटनाको छानबिन पनि गर्न चाहेको छैन। न्यायका लागि हजुरहरूले पहल गरिदिनपर्‍यो।’

    यता, इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक अभिनाश अधिकारीले मृतक पूजाको पोष्टमार्टमको रिपोर्ट कुरेर बसेको र रिपोर्ट आएपछि मात्र जाहेरी दर्ता गर्न सकिने बताए । घटना विषयमा अनुसन्धान भइरहेको र फोनमा सबै कुरा भन्न नमिल्ने उनको भनाई छ।

    नेपाल प्रेस

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल