अरबाज खानले गरे मेकअप आर्टिस्ट शौरासँग दोस्रो विवाह

    • पुष ९, २०८०
    • १९४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    मुम्बइ, ९ पुस। बलिउड अभिनेता अरबाज खानको भव्य विवाह उनकी बहिनी अर्पिता खानको घरमा भएको छ।

    कलाकार अरबाज खानले मेकअप आर्टिस्ट शौरासँग दोस्रो विवाह गरेका हुन्। यो भव्य विवाहमा सहभागी हुन सलमान खानको परिवारसहित धेरै स्टार अर्पिताको घर पुगेका थिए।

    अरबाज र शौराको विवाहको लागि सलमान खानकी बहिनी अर्पिता खानको घरलाई सुन्दर ढंगले सजाइएको थियो। अरबाज र शौरा बाहेक अहिले पूरै खान परिवार विवाहलाई विशेष र यादगार बनाउनको लागि अर्पिताको घरमा उपस्थित भएका हुन्। समाचारका अनुसार यस स्टार जोडीको विवाहमा गायिका हर्षदीप कौर पनि उपस्थित भएर भव्य प्रस्तुति दिएका छन्।

    यसका लागि सलमान खान, सलिम खान र उनका दुई श्रीमती, नायिका रविना टण्डन, राशि थडानी र सोहेल खान पनि अरबाजको विवाहमा सहभागी हुन पुगेका थिए। यसबाहेक सलमान खानकी प्रेमिका युलिया पनि अर्पिताको घर पुगेकी छिन, जसले कालो लेहेंगा लगाएकी थिइन्। अरबाजकी बहिनी अलविरा पनि पति अतुलसँग विवाहमा सहभागी हुन पुगेकी थिइन्।

    सो विवाहपछि अभिनेत्री रविना टण्डनले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन्। जसमा उनी अरबाज खानसँग नाच्दै देखिएकी छिन्।

    अरबाजले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शौरा खानसँग विवाह गरेका हुन्। जहाँ दुलही शौरा हिजाब लगाएर पुगेकी थिइन्। शौरा खानले हल्का गुलाबी रंगको भारी गाउन लगाएकी छिन् । जसमा जरीको काम भएको छ। शौराले गाउनसँगै हिजाब पनि लगाएकी छिन्। हालै सार्बजनिक भिडियोमा उनी कारबाट ओर्लिएर अर्पिता खानको घर भित्र पसेको देखिन्छ।
    न्यूज कारखाना।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल