कमला किनारमा अवैध उत्खनन गरिरहेको एक्साभेटरसहित दुई जना पक्राउ, स्थानीय जनप्रतिनिधी मौनता सङ्कास्पद

    • पुष ८, २०८०
    • ४९८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ८ पुस। वन कार्यालयले सिरहाको कर्जन्हा नगरपालिका १ बल्टियाको वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट एउटा एक्साभेटरसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ।

    प्रारम्भिक वातावरणीय परीक्षण नगरी वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट उत्खनन् गरिरहेको अवस्थामा एक थान एक्साभेटरसहित चालक प्रदिपकुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई नियन्त्रणमा लिइएको हो।

    डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख सुजितकुमार झाका अनुसार कर्जन्हाको बन्दीपुरस्थित सवडिभिजन वन कार्यालयको गस्ती टोलीले खन्दै गरेको अवस्थामा एक्साभेटरसहित दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

    उनले नियन्त्रणमा लिइएकाहरुलाई डिभिजन वन कार्यालय लहान सिरहाको हिरासतमा राखेर थप अनुसन्धान थालेका बताए।

    स्थानीय जनप्रतिनिधीकै मिलेमत्तोमा उत्खनन हुनेगरेको स्थानीयहरुको आरोप छ। उनीहरुले दिनदहाडै ठूला उपकरण प्रयोग गरेर उत्खनन गर्दा समेत जनप्रतिनिधीले देखेको नदेख्यै गर्नुले पनि उनीहरुको सलङ्गता देखिने स्थानीयकोभनाई रहेको छ।

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल