धनगढीमाई नगरपालिकाले अनुदानमा दिएको गहुँको बिउ उम्रेन, किसान मर्कामा

    • पुष ७, २०८०
    • ८३४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ७ पुस। धनगढीमाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा बाँडेको गहुँको विउ नमुमे्रपछि यहाँका किसान मर्कामा परेका छन्। नगरपालिकाले दोस्रो लटमा निजी व्यवसायीमार्फत गरिद गरेको एक सय १० क्विन्टल गहुको विउ नमुमे्रपछि किसान मर्कामा परेका हुन्।

    arnama

    नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा प्राप्त गहुको विउ ८ कठ्ठा जमिनमा छरेकोभएपनि एउटै नउमे्रको धनगढीमाई नगरपालिका ४ जयपुरका किसान ५७ वर्षिय हरिदेव यादवले बताए। उनले नगरपालिकाबाट अनुदानमा ४५ रुपैयााक किलोका दरले ४० केजी गहुँ छरेको १० दिन वितिसक्दा पनि नउम्रेन। सँगै छरेको जउ उमे्रेपनि गहुँ नउमे्र पछि गाउँमै पुनः ६० रुपैयाँ किलोका दरले विउ किनेर छरेको बताए।

    उनले भने, ‘६ दिनमा उम्रिएर ९ दिनमा दुई पात हुनु पर्ने गहुँ १५ दिन बित्दा पनि उम्रिएन। खाद, मल, ट्रयाक्टरको जोताई सबै खेर गयो। हामी किसानको जहाजै डुव्यो। कसरी बालबच्चा पाल्ने?’ उनले थपे ‘यहि उब्जाले जसो तसो परिवार चलिरहेको थियो। यो पटक लगानी धेरै लागिसक्यो, पस्तिाया भएको गहुपनि कति फल्ने पत्तो छैन।’

    धनगढीमाई ४ फूलकाहाकट्टीका जय प्रकाश महतोले पनि नगरपालिकाबाट प्राप्त विउ नै छरेका थिए। एउटै विउ नमे्रकाले पनि खेत बाँझै छ। उनले नगपालिकाले उपलब्ध गराएको विउ नमुम्रेको भन्दै आफुहरुले क्षतिपूर्ति पाउनु पर्ने दावी गरे।
    महतोले वडाको सिफारिस लिएर दुई दाजुभाईले नगरपालिकाको कृषि शाखाबाट ४० किलो गहँुको बीउ ल्याएका थिए। उनीहरुले पनि ८ कट्ठा खेतमा गहुँ छरेका थिए।

    यस्तै व्यथा छ धनगढीमाई ४ जयपुरका रासोभित यादवको। उनले पनि बुबा र आफ्नो नाममा ४० केजी विउ ल्याएर १० कठ्ठामा छरेका थिए। अहिले खेत बाँझै छ। छरेको विउ नमुम्रेपछि उनी नयाँ विउ किनेर पुनः छर्ने तरखरमा छन्।
    यी ४ चार त प्रतिनिधि किसान मात्र हुन्। नगरपालिकाबाट अनुदानको गहुँको बिउ लैजाने ५ सय ५० जना किसानको अवस्ता यस्तै छ। धनगढीमाई नगरपालिकाले किसानलाई अनुदानमा बाँडेको गहुँको बिउ नउम्रिए पछि ५ सय ५० जना किसानको करिव एक सय ३५ विगहा खेत बाँझै हुने भएको छ।

    कतिपय किसान दोहर्याएर नयाँ विउ खरिद गर्दै छर्ने तयारीमा छन् भने धेरैको खेत बाँझै हुने भएको छ।

    अघिल्लो टलमा साल्ट ट्रेनिङ्ग कार्यालय लहानबाट विउ खरिद गरेका थिए। विउको माँग बढेपछि नगर प्रमुखको ठाडो आदेशमा सुसरीको देवानगञ्जस्थित कुशवाहा बीज भण्डारबाट उक्त विउ ल्याएका थिए। सुनसरीबाट ल्याएको आदित्य जातको १ सय १० क्विन्टल गहुँको प्रति किलो ४५ मा किसानलाई वितरण गरेको थियो। उक्त बिउ लैजाने ५ सय ५० जना किसानले ठगिएका हुन्।

    गहुँ नउमे्रपछि किसानको ट्रयाक्टर जोताई खर्च, डिएपी मल र पोटास छरेको खर्च, ड्याङ्ग बनाउन लागेको मजदुर खर्च र बिउ किनेको खर्च पनि डुबेको छ।

    यस विषयमा धनगढीमाई नगरपालिकाका कृषि शाखा प्रमुख अशोक पासवानसँग जिज्ञाशा राख्दा उनले पहिलो लटमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट ल्याएको १० लाख बराबरको गौतम जातको गहुँको बिउ राम्रो थियो। उक्त बिउ प्रतिकिलो ८० रुपैयाँमा उपलब्ध भएको र ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको थियो। साल्ट ट्रेडिङ्गको बिउ लैजाने सबै किसानको गहुँ राम्रो उम्रिएको छ। गहुँको बिउ माग्ने किसानको चाप बढेपछि पुनः ११ लाख बरावरको एक सय १० क्विन्टल गहुँको बिउ मगाइयो। तर पछिल्लो लटमा आएको बिउमा धेरै सिकायत आयो। दैनिक दर्जनौ किसान कृषि शाखा घेराउ गर्न आउँछन्। गहुँको बिउ उम्रिएन, क्षतिपूर्ति देउ भन्छन्। हामीले के गर्नु के गर्नु? अप्ठ्यारोमा परेका छौं।

    विउको माँग बढेको कुरा मेयर राखेलगतै मेयर साहब स्वयंले कुशवाहा बीज भण्डारबाट बिउ ल्याउन अर्हाएको बताए। मेरकै आदेशमो विउ ल्याएर वितरण भएको पासवानले बताए। उनले हामीले रोजेको पनि होइन, निर्णय गरेको पनि होइन। पालिकाबाट जुन बिउ उपलब्ध गराइयो त्यही बिउ वितरण गरिदिएका हौं। ल्यावबाट ल्याएर हामी समक्ष पेस गरिएको जर्मिनेशन र मर्सराइजर प्रमाण पत्र हामीले हेरेका हौं। प्रमाण पत्र ठीकै थियो। कुन बिउ कति दर रेटमा कहाँबाट खरिद गर्ने भन्ने सबै निर्णय मेयर साहबको हो।

    नगरपालिकाको कृषि संयोजक समेत रहेका १ नम्वर वडाका वडाध्यक्ष सूर्य नारायण यादवलाई पनि यसको जिम्मेवारी र जवाफदेही मेयर साहवले लिनुपर्ने बताए। किनकी बिउ उहाँकै निर्देशनमा कुशवाहा बिज भण्डार सुनसरीबाट खरिद गरिएको हो। आदित्य जातको बिउ किसानले मागेकै थिएनन्।

    सुनसरीबाट किन बिउ खरिद गरियो होला? भन्ने प्रश्नमा वडाध्यक्ष यादवले गलल हाँस्दै भने, ‘नाता, कुटुम्बले पनि काम गरेको होला। अब किसानको मर्का त नगरपालिकाले बुझ्नु पर्छ। अनर्थ भएको छ।’

    धनगढीमाई नगरपालिका ४ का वडाध्यक्ष ओम यादवले दर्जनौ किसान गुनासो गर्न आएको बताए। उनले आफै किसानको खेत–खेत घुमेर हेरेको भन्दै पछिल्लो लटमा बाँडिएको बिउ नउम्रिएको बताए। उनले विउका कारण सयौं किसान मर्कामा परेको बताए।

    यस सम्बन्धमा आवश्यक जानकारी लिन हामीले धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम कुमार महतोसँग बारम्बार फोन सम्पर्क गर्ने प्रयास ग¥यौं तर उनले फोन सम्पर्कमा आउन चाहेनन्।

    यस सम्वन्धमा धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोसँग बुझ्दा उनले बाहिर हल्ला चलेजस्तो केही भएको छैन। दुई चार जना किसानको खेतमा चिस्यान नभएर गहुँ नउम्रिएको हुनसक्ने बताए। धेरै किसानको खेत बाँझै छ हामी आफै किसानको खेतमा पुग्यौ भनेपछि मेयर महतोले आफू काठमाडौंमा भएको भन्दै १० गते बिउ बिक्रेता पनि आउँछु के भएको हो? म फर्केपछि हेर्छु भने।

    उनले किसानहरु क्षतिपूर्ति माग्दैछन् नी भनी सोध्दा मेयर महतोले नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर खरिद गरिएको हो। क्षतिपूर्ति दिनै परे बिउको पैसा मिनहा गरिदिउँला भनने जवाफ दिए।

    तर, एक जनप्रतिनिधीले भने मेयरको ठाडो आदेशमा विउ खरिद भएको र पछि प्रकृया पुर्याउन कागज मिलाएको जानकारी दिए।

    kisan dhn1

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल