प्रभासको ‘सालार’ जबर्जस्त प्रभाव एनिमलमा, ब्यापार १ करोडमा झरयाे

    • पुष ७, २०८०
    • ३२७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    मुम्बई, ७ पुस। एनिमल’ १ डिसेम्बरमा हलमा रिलिज भएको थियो। 

    फिल्म रिलिज भएको २२ दिन बितिसकेको छ। यति हुँदाहुँदै पनि फिल्मले बक्स अफिसमा दिनहुँ करोडौंको कमाई गरिरहेको थियो । तर अहिले पान इन्डिया अभिनेता प्रभासको फिल्म ‘सलार’ रिलिज भएपछि ‘एनिमल’को खेल सकिदै गएको देखिन्छ। 

    अहिले चलचित्रको व्यापार घट्न थालेको छ। ‘एनिमल’ को ब्यापार माथी ‘सालार’ को प्रभाव प्रस्ट देखिन थालेको छ।

    सैकनिल्कको रिर्पोट अनुसार  ‘एनिमल’ले दैनिक सातदेखि १० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै आएको थियो । तर रिलिजको २२ औं दिनमा फिल्मले १.०४ करोड भारतीय रुपैयाँ मात्रै कमाएको छ । यो कलेक्शन फिल्मको रिलिज यताकै कम हो । तर, अब २२ दिनको कमाई सहित फिल्मको कुल कलेक्सन ५३२.३३ करोड पुगेको छ।

    ‘सालार’ को कुरा गर्ने हो भने साउथ सुपरस्टार प्रभास फिल्ममा मुख्य भूमिकामा देखिएका छन् । फिल्मले पहिलो दिनमै सय करोडभन्दा बढी कमाई गर्दै यो वर्षकै सर्वाधिक ओपनर बन्ने भएको छ । यो  फिल्मको क्रेज हेर्दा अब कुनै पनि फिल्मलाई बक्स अफिसमा टिक्न मुस्किल भएको देखिन्छ।

    न्यूज कारखाना।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल