थमन विक हत्याकाण्डः प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद, एमाले सांसद कोरीले पाए सफाई

    • मंसिर २८, २०८०
    • २१० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    महोत्तरी, २८ मंसिर। थमन विक हत्यामा प्रकरणमा दोषी ठकहर भएका प्रदेश सांसदसहित ७ जनालाई जिल्ला अदालत महतेत्तरीले जन्मकैदको सजाय सुनाएको छ। महोत्तरी क्षेत्र नम्बर ३ (१) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित अभिराम शर्मासहित ७ जनालाई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

    नीहरुलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको कसुरमा थप ६ महिना कैद कैद सजाय हुने भएको छ।

    यो सजाय पाउनेमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका सांसद शर्मासहित सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन्।
    रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन्।

    जिल्ला अदालत महोत्तरीकी स्रेस्तेदार नूतन झाका अनुसार, उनीहरूबाट १० लाख रूपैयाँ क्षतिपूर्ति पनि भराउने फैसला भएको छ।

    १९ जना फरार प्रतिवादीका हकमा मुद्दा मुल्तबीमा राखिएको छ। उनीहरू पक्राउ परे वा सम्पर्कमा आएमा मुद्दा ब्युँतिनेछ।

    नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ पाएका छन्।

    कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो। कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन्।

    मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो।
    मधेश आन्दोलनका क्रममा घाइते भएका विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर धान खेतमा कुटिकुटी हत्या गरिएको थियो।

    कोइरी तत्कालीन मधेशवादी दलका नेता थिए।

    जिल्ला अदालत महोत्तरीले कोइरीलाई ०७६ असोज २ गते १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालत,जनकपुरले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार थिए।

    प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी–१ बाट निर्वाचित भएका थिए।

    उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए।

    महोत्तरी जिल्ला अदालतमा कोइरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा थमन विककी पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएकी थिइन्।

    सन्दीपको आक्रोस : गौ ...

    काठमाडौं, २६ बैशाख। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र ...

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल