एमाले सांसद कोइरीविरुद्धको ज्यान मुद्दा ‘हेर्दाहेर्दै’मा, भोलि पनि निरन्तर सुनुवाइ हुने न्

    • मंसिर २६, २०८०
    • ३११ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    महोत्तरी, २६ मंसिर। एमाले सांसद लक्ष्मी महतो कोइरी जोडिएको ज्यान मुद्दामा भोलि पनि निरन्तर सुनुवाइ हुने भएको छ।

    सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई)थमन विकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीमा बुधबार तेस्रो दिन पनि सुनुवाइ निरन्तर हुने भएको हो।

    न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा सोमबारदेखि यस मुद्दाको सुनुवाइ चलिरहेको छ। मंगलबारसम्म सरकारी वकिलको बहस सकिएको र प्रतिवादीका कानुन व्यवसायीले भोलि निरन्तर बहस गर्ने महोत्तरी अदालतकी श्रेस्तेदार नूतन झाले नेपालखबरलाई जानकारी दिइन्।  

    २०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो। 

    हत्यामा तत्कालीन मधेशवादी दलका नेता (हाल एमालेका निलम्बित सांसद) लक्ष्मी महतो कोइरीको पनि संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो।

    त्यतिबेला कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो। जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालत, जनकपुरले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार छन्।

    प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी-१ बाट निर्वाचित भएका थिए। 

    उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए।  

    निर्वाचनपछि महोत्तरीका सार्वजनिक कार्यक्रममा नदेखिएका कोइरी संसद भवन नयाँ बानेश्वरमा सपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए। त्यसपछि संसदका केही बैठकमा उपस्थित भए पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि फेरि फरार भएका हुन्। 

    साउदीमा मृत्यु भएका ...

      ओमप्रकाश ठाकुर     सर्लाही, ...

    सुनसरीबाट सशस्त्रले ...

    सुनसरी, २६ बैशाख। मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीब ...

    दल दर्ता प्रक्रिया न ...

    काठमाडौं, २६ बैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालका ...

    सन्दीपको आक्रोस : गौ ...

    काठमाडौं, २६ बैशाख। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल