मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

    • मंसिर २१, २०८०
    • ५५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    गमकपोष्ट सम्वादाता/सिरहा, २० मंसिर। जिल्ला प्रशासन कार्यालय सिरहाले मिटरव्याज (अनुचित लेनदेन)का उजुरीहरुको समयमा समाधान दिन नसक्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन्। यसैको परीणाम जिल्ला सदरमुकाम सिरहा नगरपालिका १९ सन्हैठामा आज मिटरव्याज पीडितले साहुले हड्पेको जमिनको धान काटेर भित्र्याएका छन्।

    रामशरण यादवले गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते १ लाख रुपैया लिएबापतको धितो दुई कित्ता जमिन १० कठ्ठा ११ धुर र ३ कठ्ठा ९ धुर सहित जम्मा १४ कठ्ठा जमिन धितो वापत राजीनामा पास गरेर लिएको ऋण तिरीसकेपनि सवै जमिन हड्पेको मुद्दा समयमा मिलापत्र हुन नसक्दा पीडिले आज खेतको धान काटेकार भित्र्याएका हुन्।
    रामशरणले एक लाख रुपैयाँ लिए बापत थप ४ लाखको कपाली र १४ कठ्ठा जमिन समेत धितो बापत राजिनामा पास गरेको बताए। 377311985_874396940728308_156918327479188331_n

    उनले रकम लिएको दुईवर्ष भित्रै मैले योगेन्द्रको घर बनाउने बेलामा इँटा, बालुवा र गिट्टी आफ्नै ट्याक्टरमा घरसम्म पुर्याएर उनको रकम हिसाव मिलान भयो।
    त्यसपछि जमिन फिर्ता गरिदिन आग्रह गर्दागर्दै योगेन्द्रले ४ लाखको कपाली अदालतमा मुद्दा लगाएर हाम्रो थप दुई विगहा १० कठ्ठा छ धुर जमिन डाक लिलाम गरेर लियो। तत्कालिन अवस्थामा ४ लाखको व्याज जोडेर पुग्ने गरी जमिनको मूल्याङ्कन गर्ने अधिकारीलाई समेत प्रभावमा पारेर उनले आफ्नो जमिन हड्पेको रामशरणका छोरा विन्देश्वर यादवले बताए।

    २०६५ पछि पटक पटक गाउँमै सामाजिक छलफलहरु भएपनि उनले वास्ता गरेनन्। पटक–पटकको सामाजिक छलफलहरु उनले जमिन फिर्ता गरिदिने भनेपनि जमिन फिर्ता गरेनन्। समाजको दवाव पछि योगेन्द्रले २०६९ माघ १८ गते योगेन्द्रको छोरा अमितको नामबाट रामशरण यादव र रामनाथ यादवको नाममा एक विगहा ४ कठ्ठा जमिन फिर्ता गरिदिए।

    त्यसलगतै योगेन्द्रका छोरा, श्रीमतीले हकदावी मुद्दा लगाएर २०७५ जेष्ठ २ गते जमिन पुनः फिर्ता लिए। उनीहरुले जवरजस्ती हड्पेको जमिनमध्ये ५ कट्टा १६ धुर पाँच लाखको दरले बेचेको पनि पीडितहरुले सुनाए।

    पटक पटक जालझेल गरेर हाम्रो जमिन उनीहरुले लिएपनि सवै जमिन आफैले भोग चलन गर्दै आएका थिए। पछिल्लो दुई वर्ष देखि योगेन्द्रले हकभोग समेत खोसेपछि उनीहरु अहिले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनमा उजुरी दिएका छन्।

    जिल्ला प्रशासन कार्यालयले पटक पटक पत्र काटेर छलफलमा बोलाएपनि योगन्द्र उपस्थित नहुने बताए। उनीहरु बिच पछिल्लो पटक यहि मंसिर ११ गतेको छलफलमा योगेन्द्रले १४ कट्टा जमिन किनेको र बाँकी जमिन आफूसँग लिएको ऋण बापत अदालतबाट जमिन डाक लिलामगरी लिएको उल्लेख भएको छ। 385544230_1052498075951179_7693376487193870818_n

    जिल्ला प्रशासन कार्यायको डिला सुस्ती र अक्रमण्यताले पीडितहरु झन पीडित र आक्रोशित बनेका छन्। यहि घटनाले पनि पीडितहरुको आर्कोष देखिएको स्थानीय जानकारहरु बताउँछन्। यस अघि पनि मिटरव्याज पीडितहरुले जिल्ला सरमुकाममा प्रमुख जिल्ला अधिकारीको विरुद्ध नाराबाजी गरेका थिए।

    स्थानीय जानकारहरुका अनुसार अनुचित लेनदेन समितिले यस्ता मुद्दाहरुलाई समयमै सहि ढङ्गले निर्णय नगरे मिटरव्याज पीडितरु अझ आकोषित हुने देखिन्छ। यसखालको घटनाले झडप र विग्रहको अवस्था आउनसक्ने सामाजिक अगुवाहरु बताउँछन्।

     

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल