सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहित सिरहाको भगवानपुरबाट आज अपरान्ह एक युवकलाई नियन्त्रणमा लिएको छ। लहान नगरपालिका ७ बाबाजी टोलका २० वर्षिय अनिल कुमार दासलाई सिरहाकै भगवानपुर गाउँ पालिका ३ धातिबाट विभिन्न प्रकारका प्रतिवन्धित लागु औषध एक सय पँच एम्पुलसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ आउदै गरेको बा.२५ प. २३८३ नम्वरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक दासलाई प्रहरीले डाइजोपाम ३५एम्पुल, नोरजेसिक ३५ एम्पुल र एभिल ३५ एम्पुलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द राज पाण्डेले जानकारी दिए।
नियन्त्रणमा लिएको दासलाई ईलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ।