गणतन्त्र रक्षाको लागि माओवादी बलियो हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    • मंसिर १९, २०८०
    • २३६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन्द) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्ने बताउनुभएको छ। मङ्गलबार महोत्तरीको गौशालामा आयोजित मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको रक्षा गर्न माओवादी बलियो हुनुपर्ने बताएका हुन्।
    प्रधानमन्त्री प्रचण्डले आफूले पार्टी अध्यक्षको नाताले, देशको प्रधानमन्त्रीको नाताले देश दुनियाँ जसरी देखेको छु। त्यसरी हेर्दा हाम्रो पार्टी मात्रै कमजोर हुने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने बताए।

    उनले माओवादीबाहेक कसैले देशको स्वाधीनता र स्वतन्त्रताको पक्षमा काँध नथाप्ने बताए। ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेर कुनै निरङ्कुशतन्त्र आयो भने यो देश टिक्नेबाला छैन। देशको अस्तित्व खतरामा पर्छ। माओवादीबाहेक अरु कसैले वा कुनै पार्टी विशेषले देशको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको पक्षमा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा काँध थाप्नेबाला छैन’ उनले भने।

    अध्यक्ष प्रचण्डले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउन सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ एक महिना थप गरिएको घोषणासमेत गरे। माओवादी र जनताको सम्बन्ध सुदृढ र सुमधुर बनाउन रुपान्तरण अभियानको समयावधि थप गर्नुपर्छ भन्ने कुरा कार्यकर्ताबाट आएपछि एक महिनाका लागि अभियान थपिएको उनले बताए।

    उनले भने, ‘अब फेरि सयम थप्दैनौ। अभियान सकिएपछि केन्द्रीय समितिको बैठक बस्छ। समग्र अभियानको समीक्षा गरे लगत्तै विधान सम्मेलन गर्छौं। त्यसलगत्तै तीन महिने पार्टी सुदृढ अभियान चलाउँछौं।’

    मधेश प्रदेश माओवादीका लागि उर्वरभूमि भएको बताउँदै अध्यक्ष प्रचण्डले मधेश कम्युनिस्ट आन्दोलनको स्थापनादेखि अहिलेसम्म अग्रमनको पक्ष रहँदै आएको र नेपालकै लागि एउटा राम्रो सन्देश दिँदै आएको बताए।

    प्रशिक्षण कार्यक्रममा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, अभियानका जिल्ला संयोजक र जिल्ला अध्यक्षसहित एक हजारभन्दा बढी नेताको सहभागीता रहेको थियो।

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल