सिरहा, १६ मंसिर। सशस्त्र प्रहरीले सिरहाको बडियारपट्टीबाट स्रोत नखुलेको आठ लाख रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपाल तर्फ आउँदै साइकलमा पैसा बोकेर आउँदै गरेको अवस्थामा बरियारपट्टी गाउँ पालिका ३ महराटोलबाट स्रोत नखुलेको आठ लाख रकम सहित बडियारपट्टी २ श्रीपुरका ४२ वर्षिय मोहम्मद फिरोजलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल चेकप्वाईन्टले शंकालागि चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलको रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल, नम्वर ७ गण सिरहाका प्रमुख एसपी शिव प्रसाद गैरेले जानकारी दिए।
रुपैयाँसहित नियन्त्रणमा व्यक्तिलार्ई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडरमा सिरहामा बुझाईएको जनाएको छ।
भारतीय बजारहरुमा नेपाली ग्राहकले सामान किनबेच गरेर जम्मा भएको रकम नेपाल ल्याएको हुनसक्ने जानकारहरु बताउँछन्। भारतीय बजारमा नेपाली ग्राहकले सामान किन्दा दिएको रकम नेपाली व्यवासीको नाममा नेपाली बैंकमा खाता खोली भारतीय व्यसायीले भारतमै एटीएम मार्फत रकम निकाल्ने गरेको व्यसायीहरु नै बताउँछन्।