कानुन कार्यान्वयनको माग गर्दै मिटरब्याजपीडित प्रदर्शनमा

    • मंसिर १४, २०८०
    • २७१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सुरेन्द्रकुमार कामती

    सिरहा, १४ मंसिर। मिटरब्याजविरुद्धको संघर्ष समिति सिराहाले बिहीबार प्रदर्शन गरेको छ। मिटरब्याजसम्बन्धी बनेका ऐन–कानुन कार्यान्वयनको माग गर्दै संघर्ष समितिले प्रदर्शन गरेको हो।

    ‘सुदखोरहरूलाई कारबाही गर’, ‘सुदखोरविरुद्ध जाहेरी दर्ता गर’, ‘मिटरब्याजीको समर्थनमा लागेका सरकारी निकाय मुर्दावाद’, ‘सिडियो कार्यालयमा रहेको ढिलासुस्ती अन्त्य गर’जस्ता नारा लेखिएका प्लेकार्डसहित पीडितहरूले प्रदर्शन गरेका छन्।
    बम

    संघर्ष समितिका संयोजक मनोज पासमानले चार हजारभन्दा बढी मुद्दा जिल्ला प्रशासनमा दर्ता भए पनि त्यसलाई टुंगो लगाउन प्रशासनले ढिलासुस्ती गरिरहेको बताएका छन्। लामो समयदेखि आन्दोलन गरिरहँदा पनि मिटरब्याजपीडितको समस्यालाई छिटो समाधान गर्न प्रशासन चुकेको भन्दै उनले असन्तुष्टि जनाए।

    प्रदर्शनमा सहभागी हुन विभिन्न गाउँबाट सयौँ पीडित सिराहा सदरमुकाम आएका छन्। उनीहरूले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय अगाडिसमेत प्रदर्शन गरेका छन्।

    प्रदर्शनपछि दर्ता गरिएको मुद्दालाई छिटो निकास निकाल्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइएको संयोजक पासमानले बताए।

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल