प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउन गृहमन्त्री श्रेष्ठलाई प्रदेशको ध्यानाकर्षण पत्र

    • मंसिर १२, २०८०
    • २२० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, १२ मंसिर। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले आज गृह मन्त्रालयमा संयुक्त भेटघाट गरेको छ। प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउनुपर्ने बताउँदै गृहमन्त्री श्रेष्ठलाई उनीहरुले ध्यानाकर्षण पत्र समेत बुझाएको छ।

    त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संविधानतः प्रदेशहरुलाई अधिकार सम्पन्न र संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवम् कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुङ्ग्याइने बताए। सरकारको नीति कार्यक्रममा नै यो विषय उल्लेख भएकोले यस सन्दर्भमा सरकार संवेदनशील रहेको उहाँले बताए।

    भेटघाटमा आन्तरिक मामिला मन्त्रीका रूपमा वाग्मतीका गंगानारायण श्रेष्ठ, मधेसका मोहम्मद समिम, लुम्बिनीका सन्तोषकुमार पाण्डे, कर्णालीका कृष्ण बहादुर जिसी तथा सुदुरपश्चिममा शिवराज भट्ट उपस्थिति थिए भने गण्डकीकी उर्जामन्त्री सरस्वती अर्याल तिवारी र कोशीका बिना विभागीय मन्त्री शमशेर राई प्रतिनिधिका रूपमा उपस्थिति थिए।

    सन्दीपको आक्रोस : गौ ...

    काठमाडौं, २६ बैशाख। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र ...

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल