सिरहा, १० मंसिर। कर्जन्हा नगरपालिकाका उप–प्रमुख लक्ष्मी कुमारी श्रेष्ठले सवैखालका हिंसा अन्तयका लागि एकले अर्काको अस्तीत्व स्वीकार वगरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन्।

कर्जन्हा नगरपालिकाको बन्दिपुरमा आइतबार सम्पन्न ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तर्गत र्याली पछि सम्पन्न कोणसभामा उप–प्रमुख श्रेष्ठले सासु–ससुराले बुहारीलाई छोरी जस्तो मान्ने र बुहारीले पनि त्यहि अनुसारको व्यवहार गर्ने हो भने महिला हिंसा अन्त्यमा सहयोग पुग्ने बताए।

उनले हिंसा नसहने र एकले अर्कोको सह–अस्तीत्वलाई स्वीकार गर्ने हो भने हिंसाको घटना अन्त्य भएकार जाने बताए। उनले भने, ‘पहिलो विषय हामीले कुनै पनि प्रकारको हिंसा गर्नु नै हुँदैन, कुनै कारणवस हिंसाको घटना भईहाल्यो भने हामीले सहेर बस्नु पनि हुँदैन, त्यसको न्यायीक उपचार खोज्नु पर्छ।’

उपमेयर श्रेष्ठले हिंसा पीडित महिला तथा बालबालिकाको पक्षमा स्थानीय सरकार, प्रहरी प्रशासन र विभिन्न गैर–सरकारी संस्थाहरुले काम गरिरहेको बताए। उनले हिंसामा परीहाल्यो भनेपनि आफूलाई पायक पर्ने निकायको सम्पर्कमा पुग्न अनुरोध गर्दै स्थानीय सरकार न्यायीक समिति सधैं पीडितहरुको साथमा रहेको बताए।

नगरपालिकाले हिंसा न्यूनिकरणका लागि विभिन्न सचेतनाका कार्यक्रम आयोजना गरेको बताउँदै कार्यक्रममा सिकेका कुराहरुलाई व्यक्तिगत व्यवहार र समाजमा फैलाउन आग्रह गरे।

उनले यो अभियोन र्याली र सभामामात्र सिमित नभई जागरण र हिंसा पीडितहरुले आवाज सुन्ने बन्नु पर्नेमा जोड दिए।

कोणसभामा कर्जन्हा नगरपालिकाका पूर्व उप–प्रमुख ज्ञानु कुमारी श्रेष्ठले कुनै प्रकारको हिंसाका घट्ना भइरहेको छ भने त्यसलाई समाधान गरि, दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउनका सवैले पहल गर्नु पर्ने बताए। उनले हिंसालाई नेपालको संविधानले कानुनतह अपराध मानेकोले त्यस प्रकारको घटनालाई कानूनी दायरामा ल्याउनु पर्नेमा जोड दिए।

सोही क्रममा दलित महिला केन्दि, नेपाल (सीडीडब्लुएन) सिरहाका अन्जना पूर्वेले पितृ सत्तात्मक चिन्तनका कारण आज महिलाहरु पीडित भएको बताए। उनले आज प्रत्येक महिला कुनै न कुनै प्रकारको हिंसामा पीडित रहेको बताउँदै त्यस्ता खालका हिंसाको विरुद्ध आवाज उठाउनु ढिलो भईसकेको बताए। महिला वा पीडित सधैं चुप लागेर समस्याको समाधान हुँदैन नहुने बताउँदै हिंसाका पीडकहरुलाई कानूनी दायरामा ल्याउन सवैले पहल गर्नु पर्नेमा जोड दिए।

¥यालीमा लैंङ्गिक विरुद्धका विभिन्न नाराहरु लगाएका थिए। लैङ्कि हिंसा अन्त्य गरौं, महिलालाई कुटन पाइदैन, हिंसा रहित समाज निर्माण गर्नु हाम्रो प्रतिवद्धता जस्ता नारा लगाएका थिए। कर्जन्हा नगरपालिकाको आयोजना र दलित महिला केन्द्र, नेपाल (सीडीडब्लूएन)को सहकार्यमा सम्पन्न कोणसभाको सञ्चालन महिला, बालिबालिका तथा सामाजिक शाखाका कामेश्वर यादवले गरेका थिए।