कमलदहको विकासमा मधेश सरकारले आवश्यक सहयोग गर्छ : श्रम तथा यातायात मन्त्री सिंह

    • मंसिर ७, २०८०
    • ३१८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ७ मंसिर। मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले कमलदहको विकास र प्रवर्धनको लागि मधेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    सिरहाको मिर्चैया नगरपालिका ९ स्थित पौराणिक एवम् पर्यटकिय सम्भावना भएको कमलदहमा हरिवोधिनी एकादशीमा लाग्दै आएको मेलामा हुने कुस्तीको विहिवार उद्घाटन गर्दै कमदलहको विकासमा आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएको हो।

    मन्त्री सिंहले कमलदहलाई पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकारमा आफूले सकेको पहल गर्ने बताउँदै यसको विकासले चाँडै गति लिने पनि बताए। उनले यो दह आफैमा ऐतिहासिक र यस क्षेत्रको आस्थाको केन्द्र रहको बताउँदै यसको संरक्षण, सम्वर्धन र विकास हुनेमा आश्वास्त पारे।

    मेलामा भारत तथा नेपालका विभिन्न स्थानबाट नाम चलेका पहलमानहरुले कुस्ती खेल्ने कमल दह मेला आयोजक समितिका अध्यक्ष विलेक्षण यादवले बताए।

    तीनदिन सम्म लाग्ने मेलामा आजदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको छ। प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिनदेखि तीनदिनसम्म लाग्ने कमलदह मेलामा सिरहा, सप्तरी, धनुषा एवम् भारतको विहारबाट श्रद्धालुभक्तजनहरु आउने गर्दछ।

    पौराणिक एवम् स्थानीयको आस्थाको केन्द्ररहेको यो दह कमल फूलको नामले परिचित छ। कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकांक्षा पुरा हुने जनविश्वासका कारण कमलदहमा आजको दिन स्नान एवम् पूजा पाठ गर्न भक्तजन आउने गरिएको जनाइएको छ।

    उद्घाटन कार्याक्रममा प्रदेशसभा सदस्यहरु संजय यादव, त्रिभुवन साह, भाग्यश्री चौधरीसहित स्थानीय विभिन्न दलका नेता कार्यकर्ताको उपस्थितिथी रहेको थियो।

    vlcsnap-2023-11-23-18h26m38s319 vlcsnap-2023-11-23-18h27m08s015(1) vlcsnap-2023-11-23-18h28m15s833

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल