पप्पु कन्स्ट्रक्सनका मालिक रौनियार जसपा परीत्यागरी एमाले प्रवेश

    • मंसिर ५, २०८०
    • २६८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ५ मंसिर। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवम् पूर्व प्रतिनिधीसभा सदस्य हरिनारायण रौनियार नेकपा (एमाले) प्रवेश गरेका छन्।

    २०७४ को आम निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभामामा निर्वाचित रौनियार पर्साको पोखरीयामा आज आयोजित एक कार्यक्रमविच नेकपा (एमाले) प्रवेश गरेको हो।

    पप्पु कन्स्ट्रक्सनका मालिक समेत रहेका रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फुलमाला र टिका लागाएर पार्टी प्रवेश गराएका थिए।

    रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी समेत एमाले प्रवश गरेका छन्।

    उनको निर्माण कम्पनीले बनाएको बबई पुलमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेपछि रौनियार निलम्बनमा परेका थिए।
    विशेष अदालतले उनलाई दोषी ठहर गर्दै ३ करोड ६२ लाख २९ हजार जरिवानाको फैसला सुनाएको छ।
    निलम्वन पछि जसपामा निष्क्रिय रहेका रौनियारको केही दिन अगाडि एमाले अध्यक्ष ओलीसँग भेटघाट भएको थियो। सोही क्रममा उनलाई एमाले प्रवेश गर्ने प्रस्ताव राखेका थिए। ओलीले रौनियारको प्रस्ताव स्वीकार गरेपछि आज पोखरियामा कार्यक्रमको आयोजनामा पार्टी प्रवेश गरेका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि पर्साको ठोरी नै भएको बताएका छन्।

    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भगवान् रामको वास्तविक जन्मभूमि पर्साको ठोरी गाउँपालिकामा रहेको ओलीले दोहो¥याए।
    ‘अहिले भारतले राम मन्दिर बनाइरहेको अयोध्या भगवान् रामको जन्मभूमि हुँदै होइन; अध्यक्ष ओलीले भने, ‘अयोध्या डेढ सय वर्ष पहिलेसम्म फैजलावाद थियो। वास्तविक राम जन्मभूमि त नेपालको ठोरी हो भन्ने कुरा धर्मशास्त्रमै उल्लेख छ।’

    सोही क्रममा रौनियारले जसपा र त्यसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेका आरोप लगाउन भ्याए। जसपामा मधेस र मधेसी जनताको हक अधिकार भन्दा पनि सत्ताको लोभमा बढी देखिएको कारण आफूले जसपा परित्याग गरेको बताए।

    एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको सभापतित्वमा आयोजित कार्यक्रमलाई एमाले केन्द्रीय सचिव योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, पूर्व मन्त्री ज्वाला साह, अच्युत मैनाली, केन्द्रीय सदस्यहरू अरविन्द सिंह, राजकुमार गुप्ता लगायतलेपनि सम्बोधन गरेका थिए।

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    धादिङमा घर जल्दा बृद ...

    काठमाडौं, २० बैशाख। धादिङको थाक्रे गाउँपालिका ५, गैरीखर ...

    खेतमा पानी पटाउने क् ...

    सिरहा २० बैसाख। सिरहामा खेतमा पानी पटाउने क्रममा एक युव ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल